Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

पैरवी मञ्च बर्दिवासले विविध कार्यक्रम गरी मनायो विश्व वातावरण दिवस

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
पैरवी मञ्च बर्दिवासले विविध कार्यक्रम गरी मनायो विश्व वातावरण दिवस

स्वागतम खबर
बर्दिवास, जेष्ठ २२ ।

आज ५ जुन अर्थात विश्व वातावरण दिवस । “Beat Plastic Pollution”  मुल नाराका साथ जुन ५ तारिख सोमबार विश्व वातावरण दिवस २०२३ विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजनाले महोत्तरीले विद्यालयहरुमा विविध कार्यक्रम गरी दिवस मनाएको छ । परियोजनाले बर्दिवास नगरपालिकाको राष्ट्रिय मा.वि., भंगहा नगरपालिकाको लक्ष्मी मा.वि. तथा औरही नगरपालिकाको राम विलास यादव चन्देश्वर यादव जनता मा.वि.मा “प्लास्टिकजन्य प्रदुषण अन्त्य गरौँ” मुल नाराका नाराका साथ फरक फरक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।
लिरिक परियोजना अन्तर्गत जलवायु शिक्षा संचालित सो विद्यालयहरुमध्ये लक्ष्मी मा.वि., भंगहा–६ मा वृक्ष रोपण, हाजिरी जवाफ प्रतियोगिता तथा झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । भंगहा नगरपालिकाका शिक्षा संयोजक नर बहादुर पाख्रिनको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । सो कार्यक्रममा उहाँले वातावरण दिवस २०२३ को महत्वबारे प्रकाश पार्दै विद्यालयमा मात्र वृक्ष रोपण गरेर नहुने भन्दै सबै विद्यार्थीहरुले आ–आफ्ना घरदैलोमा वृक्ष रोपण पनि गर्नुपर्ने र स्वच्छ, सफा तथा सुन्दर वातावरणको सृजना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रमका लिरिक परियोजनाका फिल्ड संयोजक पप्पु यादवले विश्व वातावरण दिवस सन् १९७३ देखि विश्वका करिब १५० राष्ट्रहरुमा जुन ५ का दिन मनाईदै आईरहेको जानकारी दिनुभयो । उहाँले प्लाष्टिकजन्य प्रदूषण कम गर्न प्रत्येक विद्यालयले विद्यार्थीहरुमा प्लाष्टिकजन्य फोहोर जथाभावी नफाल्न र त्यसको उचित व्यवस्थापन गर्ने चेतनाको विकास गर्नुपर्ने कुरामा जोड दिँदै आगामी दिनहरुमा पनि सामुदायिक विकास तथा पैरवी मञ्च नेपालद्वारा संचालित हुने विभिन्न परियोजनाहरु मार्फत विद्यार्थीहरुको ज्ञान, सीप तथा कार्यकौशलतामा टेवा पुग्ने किसिमले कार्यहरु गर्ने उल्लेख गर्नुभयो ।
यता दिवसकै अवसरमा राष्ट्रिय मा.वि, बर्दिवास–९ मा बर्दिवास न.पा.९ का वडाध्यक्षद्वारा वृक्ष रोपण गरी गरियो । सो विद्यालयको कम्पाउण्डमा करिब ८५ वटा बिरुवा रोपण पश्चात वातावरण संरक्षण सम्बन्धि विषयवस्तुमा आधारित कक्षा ७, ८ र ९ का विद्यार्थीहरुका लागि चित्रकला कार्यक्रम गर्दै झोला वितरण गरिएको छ । सो कार्यक्रममा बर्दिवास न.पा. ९ का वडाध्यक्ष, वडा सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सशस्त्र प्रहरी बलका पदाधिकारीहरु, प्रधानाध्यापक, शिक्षक÷शिक्षिकाहरु, लिरिक फिल्ड सहजकर्ता सुमिता महत, कृषि प्राविधिक लालबाबु साह लगायतको सहभागिता रहेको थियो ।
युरोपियन युनियन र अस्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारीमा संचालित लिरिक परियोजना अन्तर्गत औरही नगरपालिकाको राम विलास यादव चन्देश्वर यादव जनता मा.वि.मा पनि विश्व वातावरण दिवस २०२३ को उपलक्ष्यमा “मौसम र जलवायु” शीर्षकमा कक्षा ७, ८ र ९ का विद्यार्थीहरुका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका कार्यकारी निर्देशक सुशिल ढकालको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । उहाँले विश्व वातावरण दिवस मनाउनुको औचित्यबारे प्रस्ट्याउँदै, विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरुलाई विद्यालयले अतिरिक्त क्रियाकलाप समय–समयमा आयोजना गर्नुपर्ने सुझाव दिनुभयो । विद्यालयका प्रधानाध्यापकले लिरिक परियोजनाद्वारा आयोजना गरिएको वातावरण दिवसको कार्यक्रम प्रशंसनीय रहेको र यस्ता किसिमका क्रियाकलाप आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा उहाँको जोड थियो ।
उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक/शिक्षिकाहरु, पैरवी मञ्चका अनुगमन तथा मूल्याङ्कन सहायक स्वीटी गुप्ता, लिरिक फिल्ड सहजकर्ता फुलबाबु यादव लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य