स्वागतम खबर
ढल्केवर, असार ७ ।
धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिज वडा कार्यालयले आज ८५ जना अपांग नागरिकलाई सुपानेट झुल र हर्लिक्स वितरण गरेकाे छ ।
वडा कार्यालयमा वडाअध्यक्ष विहारी महताे, वडासदस्य, हरिकुमार यादव, जाेगी महताे, सावित्रीदेवी महताे, काैशल्यादेवी महरा र वडा सचिव संदिप दहालले अपांगलाई साे सामग्री वितरण गरेका छन् ।
यता साेहि समारोहमा हिमालय युवा क्लवलाई वडा कार्यालयले एकथान डेस्कटप कम्प्युटर, युपियस र प्रिन्टर प्रदान गरेकाे वडा सचिव दहालले जानकारी दिनुभयाे ।