स्वागतम खबर
महेन्द्रनगर, असार ७ ।
धनुषाकाे बटेश्वरमा सर्पले डस्दा एक बालिकाको ज्यान गएकाे छ । ज्यान जानेमा बटेश्वर गाउँपालिका १ चित्रपुर बस्ने श्रीलाल महतोकी छोरी ५ वर्षीया सन्ध्या कुमारी महतो छन् ।
घरमै सुतिरहेकी सन्ध्यालाई आज बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको थियो । उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्र, फुलकुमारी मेमेरियल हस्पिटलमा लगेको थियो । तर पनि बालिकाको ज्यान जोगिन नसकेको परिवारजनले जनाएको छ ।