Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

क्षीरेश्वरनाथको ११औं नगरसभामा ६८ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत

कृषकसँग मेयर कार्यक्रम संचालन गरिने

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
क्षीरेश्वरनाथको ११औं नगरसभामा ६८ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत

स्वागतम खबर
महेन्द्रनगर, असार १० ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले असार १० गते आइतवारको दिन महेन्द्रनगरमा आयोजना गरेको ११औं नगरसभामा नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ९२ लाख ९९ हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।
‘स्वास्थ्य, शिक्षा र आर्थिक विकास, सामाजिक न्याय क्षीरेश्वरनाथको निकास’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै क्षीरेश्वरनाथ नगरपालिकाको एघारौं नगरसभामा नगर प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रु. ६८ करोड ९२ लाख ९९ हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।


नगरपालिकाको प्रमुख यादवको अध्यक्षतामा भएको एघारौं नगरसभामा नगरपालिकाका उपमेयर रचना माथेमा, विभिन पार्टीका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, लगायत नगरवासी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । सो नगरसभामा पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवेन्द्र कुमार मण्डलले स्वागत मन्तव्य राख्नुभएको थियो ।
नगरपालिकाले नेपाल सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान रु. १२ करोड ५६ लाख, नेपाल सरकार सर्शत अनुदान रु. १६ करोड ८९ लाख, नेपाल सरकार विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ८० लाख, राजश्व बाँडफाँड ९ करोड ७४ लाख ७७ हजार, प्रदेश सरकार वित्तिय समानिकरण रु. ९२ लाख ७२ हजार, सर्शत अनुदान १ करोड, समपुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, राजश्व बाँडफाँड ७० लाख, आन्तरिक आय रु. ३ करोड १० लाख गत मौज्दान ७ करोड, सडक बोर्ड नेपालको रु. २५ लाख, युनिसेफको कार्यक्रम रु. १० लाख, समाजिक सुरक्षा ११ करोड ३२ लाख ५० हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम रु. ५ लाख, लागत सहभागिता १ करोड ५० लाख र मालपोत कार्यालयबाट रु. ६८ लाख गरी जम्मा ६८ करोड ९२ लाख ९९ हजारको आय अनुमान नगरसभामा पेश गरेको छ ।
नगरपालिका अगामी वर्षमा समेत चाल किल्ला, घरबाटो, नागरिकताको सिफारिस, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता बसाई सराईको सिफारिस निःशूल्क गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नगरपालिकाले कृषकसँग मेयर कार्यक्रम संचालन गर्ने योजना ल्याएको छ
यसअघि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि छुट्याइएको ७३ करोड ९ लाख १७ हजारमध्ये हालसम्म चालुतर्फ ४६ प्रतिशत र पुजिगततर्फ १६ प्रतिशत रकम खर्च गरेको जनाएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ONM गरेको, जग्गा वर्गिकरण, कभर्ड हल निर्माण, कोल्ड स्टोरका लागि बजेट व्यवस्थापन, सखुवा पोखरी सम्बन्धी कार्यक्रम सुरुवात, आमा सुरक्षा कार्यक्रम वडाको भौतिक पूर्वाधार विकास (वडा नं. १ देखि १० सम्म) का महत्वपूर्ण कार्य गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य