स्वागतम खबर
महोत्तरी, असार १० ।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लोहारपट्टी नगरपालिकाको माध्यमिक विद्यालय खुट्टामा भएको सो स्वास्थ्य शिविरमा १ सय ६० जना विरामीलई स्वास्थ्य जाँच गरिएको छ ।
उज्यालो नेपाल जनकपुरधामको आयोजना तथा नगरपालिकाको सहयोगमा भएको स्वासथ्य शिविरमा जाँच गरिएको विरामीहरुलाई समान्य प्रकारका औषधी समेत निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
शिविरमा डेन्टिष्ट डा. स्मृति नारायण ठाकुर, जेनरल फिजिसियन डा. बसन्त कुमार यादव, डा. सोन कुमार यादव, अस्पताल नसिंङ्ग निरिक्षक रिमा कुमारी दुवे लगायतको टोलीले जाँच गरेको आयोजक उज्यालो नेपालका अध्यक्ष शत्रुधन महतोले जानकारी दिनुभयो ।