स्वागतम खबर
ढल्केवर, असार १८ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्धन परियोजना (प्रोयेल) अन्तर्गत सोमबार सरोकारबालाहरुसँग समन्वय बैठक गरिएको छ । सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिता सम्बन्धी विषयमा पालिकाका जनप्रतिनिधी र सरोकारबलाहरुसँग बैठक गरिएको छ ।
नगरपालिकाको सभाहलमा भएको बैठकमा स्थानिय शासन प्रक्रियामा युवा संलग्नतालाई संस्थागत हुने वातावरण सिर्जना गर्न तथा वैदेशिक रोजगारीका लागि उत्साहित वा हतोत्साहित गर्ने नभई वैदेशिक रोजगारीमा जाने निर्णय गरेका ब्यक्तिहरुको प्रयासलाई सुरक्षित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले बैठकमा छलफल गरिएको जनाइएको छ ।
हेल्भेटास नेपाल, युरोपियन युनियनसंगको वित्तिय सहकार्य सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको आयोजनामा नगरपालिकाको सभाहलमा बैठक भएको थियो । संस्थाका अध्यक्ष रामसिठ महतोको अध्यक्षता तथा नगरप्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा भएको सो बैठकमा सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिताको विषयमा छलफल गरिएको संस्थाले जनाएको छ । बैठकमा नगरपालिकाका उपमेयर रचना माथेमा श्रेष्ठ, सबै वडाका वडाअध्यक्ष, सहयोगी समाज नेपाल हरिओन सर्लाहीका जनकराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।