Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला न.पा. ३ मा महिला साक्षरता कार्यक्रम सम्पन्न, ३२ जना महिला बनिन् साक्षर

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
मिथिला न.पा. ३ मा महिला साक्षरता कार्यक्रम सम्पन्न, ३२ जना महिला बनिन् साक्षर

स्वागतम खबर
ढल्केवर, असार २२ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरमा महिला साक्षरता कार्यक्रम विहिवार सम्पन्न भएको छ । मिथिला नगरपालिकाको आयोजनामा गत जेठ १३ गतेदेखि संचालन गरिएको ४० दिने महिला साक्षरता तालिम कार्यक्रम शुक्रवार एक समारोहकाबीच समापन गरिएको छ ।
मिथिला नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख तथा बाल कल्याण अधिकारी मिलनदेवी श्रीवास्तवको अध्यक्षता तथा नगर उप प्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा महिला साक्षरता कार्यक्रम समापन गरिएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उप प्रमुख बुढाथोकीले सहभागीहरुलाई साक्षर भएको प्रमाण पत्र दिँदै कक्षामा सिकेका कुराहरुलाई र अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँलाई कार्यक्रमलाई सम्बोधन गर्दै अगामी दिनमा समेत थप बजेट राखेर महिला साक्षर अभियान र कार्यक्रमलाई निरन्तरता आश्वासन दिनुभयो । अहिलेको समयमा पनि निरक्षर भएर बस्नु समाजकै लागि लज्जास्पद कुरा भएकोले पनि कम्तिमा अनपढ र निरक्षर व्यक्तिहरुलाई साक्षरता कार्यक्रममा आफुले सक्दो जोड्ने प्रयास गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि मिथिला नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष रामएकवाल महतोले कम सयमको बाबजुद पनि कक्षा संचालनले अशिक्षित र निरक्षर महिलालाई साक्षर बनाउन तालिम सार्थक भएकाले आफु गौरवान्वित महसुस गरेको बताउनुभयो । खास गरी मुस्लिम समुदाय र घरपरिवारका महिला बढी निरक्षर भएको र सबै औठाछाँप नै लगाउने गरेको देखेपछि साक्षरता कक्षा चलाउनुपर्ने अठोट लिएर यसको प्रयास सफल भएको उहाँको भनाई थियो । साक्षरता कक्षा संचालन गराउने कार्यमा नगरपालिकाका उप प्रमुख बुढाथोकी र शाखाका कर्मचारीको विशेष भुमिका रहेको भन्दै वडाअध्यक्ष महतोले अगामी दिनमा पनि साक्षर कक्षा संचालन गरेर नगरपालिकालाई नै साक्षर पालिका घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।


समापन कार्यक्रममा कार्यपालिका सदस्य नगिना खातुन, ईन्द्रकलादेवी महतो, वडा सदस्यहरु सोनेलाल बल तामाङ्ग, कल्पना गजमेर, राजदेव ठाकुर, अनुप कुमार झा, वडा सचिव शत्रुधन महतो, स्थानीय रामकुमार महता, नगरपालिकाका बहुक्षेत्रीय पोषणका कमलेश महतो, सामाजिक परिचालिका जानुका भट्टराइ लगायतको विशेष उपस्थिति रहेको थियो ।४० दिनसम्म संचालन भएको सो महिला साक्षरता कक्षामा वडाभरिका ३२ जना महिलाको सहभागिता रहेको थियो । नाम ठेगाना र हस्ताक्षर समेत गर्न लेख्न अक्षरको ज्ञान नभएका महिलालाई तालिममा सहभागी गराइएको थियो । तालिम पाएपछि अब साक्षर भएको सहभागी स्थानीय रजिमा खातुनले बताउनुभयो । तालिम पाएपछि आफुहरुले पनि अब लेख्ने, पढ्न र सहि गर्न सक्षम भएका अर्का सहभागी हदिसा खातुनले थप्नुभयो । तालिम पाएपछि सहभागीहरु अब नाम, गाम, ठेगाना र हस्ताक्षर गर्न मात्र होइन पढ्न पनि गर्न सक्षम भएको वडाअध्यक्ष रामएकवाल महतोले बताउनुभयो ।


तालिममा सहभागी महिलाहरुलाई स्थानीय अमित कुमार महतोले कक्षा संचालन गर्दै सहजीकरण गर्नुभएको थियो । यता तालिम समापनको अवसरमा सहभागीहरुलाई साक्षरताको प्रमाण पत्र र थप अभ्यासका लागि काँपी पेन समेत वितरण गरिएको छ ।

नगरपालिकाले यसअघि छात्राहरुका लागि विद्यालयतहमा आत्मरक्षा तालिम, महिला कानुनी अधिकार तालिम तथा उद्घोषणकलाको तालिम समेत संचालन गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य