विनोद महतो
ढल्केवर
मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथोकीको शब्द पैचों लिँदा, हाम्रो समाजमा प्रायः सासु र बुहारीबीच समान्य कुरामा खटन पटन भईरहेको देख्छु, सासु बुहारीबीच कुटाकुट सम्म भएको घटना देखेछु तर पहिलो चोटी सासु र दुई बुहारी ४० दिन सँगै बसेर कखरा…. सिक्नु भयो भन्ने कुरा पहिलो चोटी देखेको र भेटेको छु, भन्दै अरु समाजका लागि पनि यो उदाहरणीय भएको छ । वास्तवमा सासु बुहारीबीच सम्मान र आद्रभावको सम्बन्ध हुनु पर्छ, जसले महिला हिंसाका घटना मात्र होईन बल्की सभ्य समाजमा रुपान्तरिक गर्न पनि यसको महत्व रहेको भन्दै हुनुहन्थ्यो उहाँ ।
हो, कुरा गरांै अब धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरको, जहाँ एक सासु आमा र दुई बुहारीसँगै बसेर ४० दिनसम्म साक्षर बन्नका लागि कखरा…. सिक्नुभयो । कक्षामा पनि सासु बुहारीको मधुर र साथीजस्तै व्यवहार देख्दा पढाउन पनि मन प्रफुल्लित हुन्थ्यो कक्षा शिक्षक अमित कुमार महतोको अनुभव छ । अशिक्षाकै जगमा बसेकी हरिहरपुर मुस्लिम टोल बस्ने सासु सगिरा खातुन र बुहारी जेठी अइसा खातुन र कान्छी नजमुना खातुन २९ जना महिलाको भीडमा सँगै बसेर नियमित साक्षर कक्षा लिनुभयो । नाम गाम लेख्न र सहि समेत गर्न नआउने सासुबुहारीसँगै बसेर कखरा… सिक्दा अहिले साक्षर भएकी छिन् । सासु सगिरालाई हामीले प्रश्न गर्दा हँसिलो स्वरमा भनिन्, –‘कतै बैठक, गोष्ठीमा जाँदा सधैं औठा छाँप लगाउनु पथ्र्यो, तर अब म पनि साक्षर भएछु, अब त सहि नै गर्छु ।’ मेरो दुईटै बुहारी अब सहि गर्ने भईन्….अब मेरो घर नै साक्षर भयो ।
हो, सगिरा जस्तै त्यहाँ कयौं घर र घरमा महिला साक्षर भएका छन् । यसका लागि नगरपालिकाले जुराइ दिएको अवसरका लागि उहाँहरुले धन्यवाद दिँदै अझ कम्तिममा ६ महिनाका लागि तालिम संचालन गरे छुटेका सयों महिलाहरुलाई साक्षर बनाउन र साक्षरता अभियानमा समेट्न उप प्रमुख र वडाअध्यक्षलाई सामुहिक रुपमै आग्रह गरिन् । उहाँहरुको आग्रहलाई आत्मसात गर्दै वडाअध्यक्ष र उपमेयरले पनि समर्थन गर्दै अगामी दिनमा पनि महिला साक्षर अभियानलाई निरन्तरता दिने ह मा हावी भर्दै आश्वास्त पार्नुभयो ।
हो, यो त केवल एउटा समान्य साक्षरता कार्यक्रमको प्रभाव थियो, जो ३२ जना महिलालाई साक्षर बनाउँदै कखरा..देखि अंग्रेजीको ए,बी,सी… देखि जेडसम्मको ज्ञान बढाई दियो । हो, पनि शिक्षाको झिल्को यस्तै ठाउँमा बल्छन् जहाँ शिक्षाको महत्व बुझ्नेहरुको भीड हुन्छ, बाँकी हेर्नेले त हेरिरहन्छ ।
जो जीवन कहिल्यै ‘क’ लेख्न जानेन् तर अधवैशें, वा जीवनको उत्तरार्धमा आएर आफ्ना नामगाम लेख्न, पढ्न र सहि गर्ने सक्ने भए, यो नै उहाँको लागि ब्याचलर र मास्टरका सर्टिफिकेट र डिग्री हुन् ।