स्वागतम खबर
ढल्केवर, असार २३ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. १ शिवनगर गीतापुरमा शनिवार एक कार्यक्रमका बीच ज्येष्ठ, अपाङ्ग, एकल महिला, विधवा नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय कार्यक्रम अन्तर्गत वडाभरिका दुई ११ जना ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला, विधवा लगायतलाई गम्छा र हर्लिक्स दिएर सम्मान गरिएको छ ।
मिथिला नगरपालिका वडा नं. १ वडाअध्यक्ष जोगी महतोको अध्यक्षता तथा नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिएको छ । सो कार्यक्रममा उपस्थिति वडाभरिका ६८ वर्ष माथिका ज्येष्ठ नागरिक, अपाङ्ग, दलित, एकल महिला, विधवा, अति अशक्त नागरिकलाई प्रमुख अतिथि नगर प्रमुख महतो, विशिष्ट अतिथि उप प्रमुख सुनितासिंह बुढाथोकीले गम्छा ओढाएर हर्लिक्स दिँदै सम्मान गर्नुभएको छ ।
सो अवसरमा प्रमुख अतिथि महतोले ज्येष्ठ नागरिकलाई आजको युवा पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला, विधवालाई सरकारले सम्मान स्वरुप नै उहाँहरुको सहज जीवन यापनका लागि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोले गर्जो टार्न सहज भएको विश्वास व्यक्त गर्नुभयो । उहाँहरुलाई सम्मान स्वरुप सहज जीवन यापनका लागि उपब्लध गराउँदै आएको भत्तामा पनि घरपरिवारमा रकम खोसाखोसको अवस्था आउनु दुःखद कुरा हो भन्दै नगर प्रमुख महतोले घरपरिवार सहज वातावरणमा सम्मान पूर्वक बाँच्न दिनुपर्ने र युवापुस्ताले पनि आदर साथ सम्मान गर्नुपर्ने बताउनुभयो ।
यता सोहि कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अतिथि नगर उपप्रमुख बुढाथोकीले ज्येष्ठ नागरिक हाम्रो शिक्षा र ज्ञानको भण्डारका स्रोत रहेकाले गहना जतिकै महत्व र सम्मानका साथ घरपरिवारमा स्थान दिनुपर्ने बताउनु भयो । तर अचेल घरिपरिवारमा सम्पति हतियाउन ज्येष्ठ नागरिकमाथि अनेकन घटना हुने गरेकोले समाजले यसलाई अन्त्यका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै वडाअध्यक्ष जोगी महतोले वडाका ज्येष्ठ नागरिकलाई एक ठाउँमा सम्मान गर्न पाउँदा आफु गौरवान्वित महसुस गरेको बताउँदै कार्यकममा अशक्तताका कारण अनुपस्थिति भएकालाई घरमै गएर सम्मान गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
सम्मान कार्यक्रममा कार्यपालिका सदस्य महेन्द्र राउत, वडा सदस्य जयनारायण यादव, पशुराम चौधरी, ललितादेवी महतो, बवितादेवी दास, स्थानीय रामदेव महतो, विजय कुमार महतो, श्रीप्रसाद यादव, रामकिशुन महतो, जगदेव महतो लगायतको समेत उपस्थिति रहेको थियो ।