स्वागतम खबर
महेन्द्रनगर , असार २८ ।
धान रोप्ने मुख्य समयमा कृषि जनमजदुर अभावका कारण रोपाईको काम हुन नसकेको महाेत्तरी जिल्लाकाे महाेत्तरी गाउँपालिका ५ मा सार्वजनिक श्रमदान गर्न धान राेपाई गरिएकाे छ । स्थानीय कृष्ण साहकाे खेतमा सार्वजनिक श्रमदान अन्तर्गत जनमत पार्टीका नेताहरुले धान राेप्न श्रमदान गरेका छन् । मधेश प्रदेशका पुर्व कृषि मन्त्री ई. बसन्त कुशवाहाकाे अगुवाईमा भएकाे धान राेपाई श्रमदानमा सांसद अनिता साह, जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ई. शम्भुनाथ साह, संजय स्वराजी, एनआरएमए अन्तर्राष्ट्रीय महासचिव डॉ. श्याम महतो , एनआरएमए अन्तर्राष्ट्रीय कोषाध्यक्ष सन्त शाह, अन्तर्राष्ट्रीय मेडिया संयोजक संतोष कुमार ठाकुर लगायत सहभागिता रहेकाे बताईकाे छ । साे कार्यक्रम अन्तर्गत करिव एक बिघा खेतमा धान रोपाई गरिएकाे छ ।
मधेशमा सामूहिक खेतीको अवधारणा आजको प्रमुख आवश्यकता हो। खेती किसानीलाई मधेशमा प्रमुख पेशाको रूपमा विकसित गर्नु र एक अर्कालाई सहयोग गरी कृषि पेशालाई मर्यादित बनाउन सबैले जोड़ दिनुपर्ने प्रदेश सांसद कुशवाहाले बताउनुभयाे ।