स्वागतम खबर
महेन्द्रनगर, साउन २८ ।
धनुषाको शहिदनगर नगरपालिकाका ईन्जिनियर सहित दुई जनालाई घुसको रकम सहित अख्तियारले आइतबार पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटेको अनुसन्धान अधिकृत सहितको टोलीले घुस सहित पक्राउ गरेकाे छ ।
विशेष सूचनाको आधारमा अख्तियारको टोलीले पालिकाका ईन्जिनियर रमेश कुमार चौधरी र सहयोगी गुरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिनुभयाे ।
शहिदनगर नगरपालिका ३ को गोठकोयलपुर स्थित विद्यालयको पर्खाल निर्माण बापत ठेकेदारसँग पटक पटक- रकम माग गर्दै आएकोमा ईन्जिनियर चौधरीले १ लाख नगद र एक लाख ७५ हजार रकमको चेक लिएको अवस्थामा अख्तियारका टोलीले पक्राउ गर्नमा सफल भएको अख्तियारको बर्दिबास कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यता धनुषाकै मिथिला विहारी नगरपालिकामा भन्ने अख्तियारले छापामारी गरेकाे छ । साे पालिकामा ज्येष्ठ नागरिककाे लागि विनियोजित रकम हिनामिना भएकाे उजुरीकाे आधारमा अख्तियारले छापामारी गरेकाे जनाएकाे छ ।