स्वागतम खबर
ढल्केवर, साउन ३१ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ७ मा गएराति एक निजी स्कुल र एक औषधी पसलमा चोरी भएको छ । क्षीरेश्वरनाथ नगरपालिका ७ नयाँ बजार नजिकै रहेको न्यू पारिजात एजुकेशनल एकेडमी बोर्डिङ्ग स्कुलमा चोरले ताला फुटाएर चोरी गरेको छ । स्कुलमा संचालक महेश महतोका अनुसार चोरले स्कुलको वालबाट कुदेर भित्र प्रवेश गरेको हो ।
चोरले स्कुलको प्रशासन र लेखा शाखाको ताला फुटाएर एक थान ल्यापटप र करिव १५ सय रुपैयाँ नगद चोरी गरी लगेको संचालक महतोले जानकारी दिनुभयो । यस्तै गएराति नै सोही वडाकै हरिहरपुर दुर्गाटोल जाने बाटोमा रहेको एक औषधी पसलमा समेत चोरी भएको छ ।
यता चोरी घटना सम्बन्धी ईलाका प्रहरी कार्यालयबाट खटेको टोलीले मुचुल्का उठाएर लगेको र चोरी घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । केही महिनादेखि महेन्द्रनगर क्षेत्रमा समेत चोरीको घटना बढ्दै गएको छ ।