स्वागतम खबर
ढल्केवर, साउन ३१ ।
धनुषामा प्रहरी जवानले बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिका १० स्थित लालगढ प्रहरी चौकीका जवान रुपेश चौधरीले मंगलबार राति करिब १० बजेतीर स्थानीय १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयहरु प्रहरी विरुद्ध आन्दोलित भएका छन् ।
लालगढ प्रहरी चौकीमा डग शाखामा कार्यरत प्रहरी जवान रुपेश चौधरीले यौनदुव्र्यवहार गरेको स्थानीयहरुको आरोप छ । गएराति नै प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
यता आरोपी जवानलाई संरक्षण गर्न खोजेको भन्दै मिथिला नगरपालिका १० लालगढ प्रहरीचोकी घेराउ गर्दै स्थानीयहरुले केही समय पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् ।
पौने १२ बजेदेखि करिव आधा घण्टा स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेको कुरा वडाध्यक्ष सविन विक्रम थापाले बताएका छन्.। वडाअध्यक्ष थापाका अनुसार सिभिल ड्रेसका रुपेश चौधरी सहितका डग शाखाका दुईजना प्रहरी जवान मदिरा सेवन गरी मंगलबार अबेर साँझ बस्तीतिर गएका थिए । बस्तीमा पुगेर कानमा केही कुरा भन्छु भन्दै स्थानीय बालिकालाई बोलाएर यौन दुव्र्यबहार गरेको बालिकालाई उद्धृत गर्दै वडाध्यक्ष थापाले बताउनुभयो ।
घटना पश्चात गएराति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्ना लगाउनु पर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले समय दिएको थियो । तर राति नै ती प्रहरी जवानलाई मेडिकल गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा उपस्थित नगराएपछि र सार्वजनिक रुपमा माफी नमांगाएपछि स्थानीयले रामाजर्ग नै अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।
प्रहरीले बालिकासँग भएको यौन दुव्र्यवहार घटनाको प्रयासलाई भित्रभित्रै दवाउन घटनामा संलग्न प्रहरीलाई बचाउन खोजेको भन्दै स्थानीयहरुले लालगढ प्रहरी चौकी अगाडी प्रदर्शन गर्दैछन् ।
यता घटना सम्बन्धमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बालिकासँग प्रहरी जवानले दुव्र्यवहार गरेकाले आरोपित प्रहरी जवानलाई नियन्त्रणमा लिएर अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।