Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

साना किसान कृषि सहकारी नक्टाझिजको २४औं वार्षिक साधारण सभा सम्पन्न

किसानको समस्याप्रति सरकार गम्भीर छ : मन्त्री भुसाल

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
साना किसान कृषि सहकारी नक्टाझिजको २४औं वार्षिक साधारण सभा सम्पन्न

स्वागतम खबर
ढल्केवर, असोज २७ ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित साना किसान कृषि सहकारी संस्था लि.को २४औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लि. नक्टाझिजका अध्यक्ष रामदेव महतोको अध्यक्षता तथा प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको छ ।
साधारणसभामा मधेस प्रदेश सरकारका कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने, मधेस प्रदेश सरकारका पूर्व उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको विशिष्ट आतिथ्यता रहेको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री भुसालले यस भेगका किसानहरुको समस्याप्रति सरकार लागि परेको बताउनुभयो । उहाँले यस भेगका किसानहरुको खेतमा बँदेल, निलगाई र जङ्गली बाँदरले तरकारी, धान, गँहु खेती नष्ट गर्दै आएको प्रति सरकार जानकार रहेकाले यसलाई गम्भीरताका साथ छलफल गरेर उचित कदम चाल्ने बताउनुभयो । संघिय सरकारको प्रधानमन्त्री कृषि परियोजनाले बाँझो जमिन भएका पालिका वा क्षेत्रमा सरकारले अनुदान दिएर किसानहरूलाई प्रोत्साहन गरिरहेकोले यसमा साना किसानहरूलाई जोड्न मन्त्री भुसालले साना किसान सहकारीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत सरकारले धनुषा जिल्लामा आँप जोन र माछा खेती जोनका लागि काम गरिरहेको र सरकारले कृषि पशुपन्छी विकास मन्त्रालयबाट बिउ ,मल ,कृषि बिमा र कृषि औजारमा पचास प्रतिशत अनुदान समेत दिँदै आएको उहाँले जानकारी दिनुभयो ।

यता साधारणसभामा संस्थाको लेखा समितिका अध्यक्ष शत्रुधन महतोले संस्थाको वार्षिक आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सीप र पूँजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ ।
संस्थाले वार्षिक प्रतिवेदनमा साना किसान समृद्ध कृषिको रुपान्तरण र उधमशिलताको विकास तर्फ जोड दिदैं चालु आर्थिक वर्षमा शेयर सदस्यहरुलाई अवलोकन भ्रमण, अभिमुखिकरण तालिम गोष्ठीमा सहभागी गराई सहकारी शिक्षा प्रदान गर्ने, जडिबुटि खेती लाई प्रबर्द्धन गर्न सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने उल्लेख छ ।
साना किसान कृषि सहकारी संस्था लि नक्टाझिजले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार यस आर्थिक वर्षमा २५ करोड १ लाख १८ हजार ६ सय ७९ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै चालु आर्थिक वर्ष २०८० भदौ महिनासम्म संस्थाले १ करोड ८८ लाख १८ हजार ऋण लगानी गरेको छ ।
यस्तै गत आर्थिक वर्षमा २५ करोड २८ लाख ४१ हजार ६ सय १२ रुपैयाँ ऋण असुली गरेको भने चालु आ.व. को भदौ महिना सम्ममा १ करोड ९९ लाख ४६ हजार ४ सय ७५ रुपैयाँ असुली गरेको छ । गत आ. व.मा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ ब्याज असुल गरेको भने चालु आ.व.को भदौ महिना सम्ममा ६४ लाख ७८ हजार ४ सय ४५ रुपैयाँ ब्याज असुल गरेको छ ।
संस्थाले गत आ.व.मा ४ करोड ३४ लाख ९८ हजार ४ सय ८६ रुपैयाँ आम्दानी , यस आ. व. मा ५ करोड ७ लाख ,७८ हजार, ८ सय ९८ रुपैंया आम्दानी गरेको छ भने चालु आ.व.को भदौ महिनासम्म ६५ लाख ७९ हजार ७ सय ९९ रुपैयाँ आम्दानी गरेको छ ।
गत आ.व.मा संस्थाले ३ करोड ४८ लाख ८९ हजार २० रुपैयाँ र चालु आ.व.मा ३ करोड ३८ लाख ५१ हजार ९सय ११ रुपैया जम्मा खर्च गरेको छ भने यस चालु आ.व. भदौ महिनासम्म २ करोड १४ लाख २८ हजार ५ सय ६७ रुपैयाँ नाफा गरेको आयव्यय प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको असुली दर हाल ९२ प्रतिशत रहेको छ । सो संस्थामा जम्मा ३२७ समूह रहेको छ भने महिला समूहको संख्या २२८ र पुरुष समूहको संख्या ९९ रहेको छ । संस्थामा महिलाको सदस्य संख्या १४ सय ८१ र पुरुष सदस्य संख्या ३३० गरी जम्मा १८ सय ११ सदस्य संख्या रहेको छ । हाल संस्थाको शेयर २ करोड ७९ लाख ६३ हजार रहेको कुरा संस्थाका प्रबन्धक सुर्य नारायण महतोले कार्यक्रममा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभामा मिथिला नगरपालिका वडा नं. २ का अध्यक्ष विहारी महतो, वडा नं. ५ का अध्यक्ष रामचन्द्र महतो, वडा नं. २ का वडासदस्य हरिकुमार यादव, जोगी महतो, सावित्रीदेवी महतो कुशवाहा, कौशिल्या महरा, साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजका उपाध्यक्ष राम प्रसाद महतो लगायत संस्थाका शेयरधनी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
मिथिला नगरपालिका २ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयको प्राङ्गणमा भएको साधारणसभा कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत गरेका थियो ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य