स्वागतम खबर
महेन्द्रनगर, कार्तिक ५ ।
धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ९ औरहामा गएराति दुई पक्षबीच विवाद र मारपिट हुँदा पाँच जना घाईते भएका छन् । औरहाकाे दुर्गा मन्दिरमा लागेकाे मेलामा पुरानाे झगडाकाे कारण विवाद र कुटाकुट हुँदा वडासदस्य सहित पाँचजना घाईते भएका छन् ।
मेलामा पुरानाे विवादले गर्दा स्थानीय गंगा प्रसाद महताे, निराजन महताे, राजु महताे र जिते महताे,धमेन्द्र महताेबीच भईरहेकाे विवाद र झगडा छाेडाउन जाँदा आफु सहित पाँच जना घाईते भएकाे वडासदस्य संताेष कुमार महताेले बताउनुभयाे । झगडा छाेडाउन जाँदा आफू सहित सराेज चाैधरी, रविन्द्र महताे र झगडिया जिते महताे, धर्मेन्द्र महताे घाईते भएकाे उहाँले जानकारी दिनुभयाे ।
झगडा छाेडाउने क्रममा गंगा महताे, निराजन महताे र राजु महताेले एक्कासी घरेलु हतियार प्रहार गरेकाे उहाँकाे आराेप छ । यता घाईतेहरुकाे जनकपुरकाे प्रादेशिक अस्पताल, न्युराे हस्पिटल र महेन्द्रनगरकाे केसी हस्पिटलमा उपचार भईरहेकाे स्राेतले जनाएकाे छ । यसैबीच वडासदस्य महताेले आफुहरुलाई कुट्ने विरुद्ध ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दिन लागेकाे बताएका छन् ।