Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

साना किसान दिगम्वरपुको २१औं वार्षिक साधारणसभा सम्पन्न, शेयर रकम पौने ३ करोड पुग्यो

संस्थाको नयाँ कार्यालय उद्घाटनको तयारी

स्वागतम् खबर स्वागतम् खबर
२ वर्ष अगाडि
साना किसान दिगम्वरपुको २१औं वार्षिक साधारणसभा सम्पन्न, शेयर रकम पौने ३ करोड पुग्यो

स्वागतम खबर
महेन्द्रनगर, कार्तिक १६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ९ दिगम्बरपुरस्थित साना किसान कृषि सहकारी संस्था लि.कोे २१ औं वार्षिक साधारणसभा विहिवार भव्यताका साथ सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था लि.दिगम्वरपुरका अध्यक्ष लक्ष्मी कुमार यादवको अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा साधारणसभा मनाइएको हो ।


संस्थाको नजिकै रहेको स्कुलका प्राङ्गणमा भएको साधारणसभा कार्यक्रममा संस्थाको वार्षिक आयव्यय र प्रगति विवरण र अगामी कार्ययोजना प्रस्तुत गरिएको छ । साधारणसभामा संस्थाको अगामी योजना प्रतिवेदन संचालक समितिका अध्यक्ष लक्ष्मी कुमार यादव, लेखा प्रतिवेदन लेखा समिति संयोजक ईन्द्रा कुमारी महतो र आयव्यय प्रतिवेदन संस्थाका प्रबन्धक चन्द्र किशोर सिंह (सिके) ले प्रस्तुत गरेका छन् ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले यस चालु आर्थिक वर्ष २०८०/०८१ को असोज मसान्तसम्ममा ८९ लाख ३ हजार ३५ रुपैयाँ आम्दानी गरेको छ भने ४६ लाख १६ हजार ३ सय ८६ रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै संस्थाको ऋण असुली दर हाल ७७ प्रतिशत रहेको छ भने गत असारसम्ममा ९२ प्रतिशत रहेको थियो ।
संस्थाले चालु आर्थिक वर्षको असोजसम्ममा ५ करोड २० लाख ८१ हजार लगानी गरेको छ भने गत आर्थिक वर्ष २०७९/०८० मा २५ करोड ६४ लाख १६ हजार लगानी गरेको थियो । यस्तै चालु आर्थिक वर्षको असोजसम्ममा ५ करोड १६ लाख ८५ हजार ३ सय १० रुपैयाँ असुली गरेको छ भने गत आर्थिक वर्षमा २२ करोड ८१ लाख ६७ हजार ५ सय १ रुपैयाँ असुली गरेको थियो ।
संस्थाले गत वर्ष ४ करोड ३९ लाख ३५ हजार ३ सय ९४ जम्मा आम्दानी गरेको थियो भने ३ करोड ८७ लाख २१ हजार ६ सय १३ रुपैयाँ खर्च गरेको थियो ।


यस्तै संस्थाले संचालन गरेको एम्बुलेन्स सेवाबाट चालुक आर्थिक वर्षको असोजसम्ममा १ लाख १४ हजार ६ सय रुपैयाँ आम्दानी गरेको छ भने गत आवमा ५ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । संस्थाको बैंक ऋण भार ४७ प्रतिशत रहेको छ ।
संस्थामा हाल ५ सय २७ वटा समूह रहेको छ भने १५ सय ९९ महिला र ७ सय ४६ पुरुष गरी जम्मा २ हजार ३ सय ४६ जना सदस्य रहेको छ । हाल संस्थामा महिला सदस्यको संख्या बढी रहेको छ । संस्थामा महिला समूहको संख्या ४ सय ३३ वटा रहेको छ भने पुरुष समूहको संख्या ९४ वटा रहेको छ । हाल संस्थाको शेयर रकम २ करोड ७३ लाख ८ हजार ६ सय रुपैयाँ रहेको छ ।
साधारणसभामा संस्थाको संचालक समितिका पदाधिकारी, शेयरधनी, बचतकर्ता लगायत हजारौं स्थानीयहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।


यसैबीच साना किसान कृषि सहकारी संस्था लि. दिगम्वरपुरको २१औं वार्षिक साधारणसभामा नियमित बचत बुझाउने, ब्याज बुझाउने दर्जनभन्दा बढी सदस्यलाई कुकर प्रदान गर्दै सम्मान गरिएको संस्थाले जनाएको छ ।
साधारणसभाको उपस्थितिलाई संचालक समितिका उपाध्यक्षमा राजिव यादवले स्वागत मन्तव्यले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक नाट्य संस्था रंगदर्पण जनकपुरले आफ्नो बेजोड सांस्कृतिक गीतसंगितले सहभागीलाई झुमाएको थियो ।


यसैबीचसाना किसान कृषि सहकारी संस्था लि. दिगम्बरपुरको अत्याधुनिक सुविधासम्पन्न नयाँ कार्यालय छिट्टै संचालन आउन लागेको जनाएको छ । संस्थाका अध्यक्ष यादवले दिएको जानकारी अनुसार कार्यालयको सेवासुविधा र व्यवस्थापनलाई व्यवस्थित, छिटोछरितो र सहज बनाउन अत्याधुनिक सुविधासम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेको र छिट्टै उद्घाटन गरी संचालन गर्ने तयारी छ ।

साना किसान कृषि सहकारी संस्था लि. दिगम्वरपुरको बन्दै गरेको नयाँ अत्याधुनिक कार्यालय : तस्वीर/ विनोद महतो

 

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य