स्वागतम खबर
महेन्द्रनगर, कार्तिक २३ ।
नेपाली नागरिकताबाट बञ्चित रहेका धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ३ कर्माहीका मुसहर समुदायसंग प्रमुख जिल्ला अधिकारले आज अन्तरक्रिया गर्नुभएकाे छ । जिल्ला प्रशासन कार्यालय धनुषा र क्षीरेश्वरनाथ नगरपालिकाले मुसहर समुदायकाे नागरिकताकाे सवालबारे बस्तीमै पुगेर अन्तरक्रिया गरेकाे हाे ।
नगर प्रमुख सुखदेव यादवकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेकाे प्रमुख आतिथ्यमा भएकाे साे कार्यक्रममा मुसहर समुदायका व्यक्तिहरुले किन र के कारणले नागरिकताबाट बञ्चित रहेकाे र कसरी समाधान हुने भन्ने विषयमा छलफल गरिएकाे छ । साे क्रममा सहभागी स्थानीयहरुले आफुहरुलाई नागरिकता पाउन निकै असहज गुनासाे गरेका छन् । जन्मदर्ता, बसाई सराई लगायत कागजातहरु समयमा बनाउन नसक्दा नेपाली भएर पनि नेपाली नागरिकता पाउन सकस भएकाे कुरा स्थानीयहरुले उठाएका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रतिनिधि, नगरपालिका प्रतिनिधि लगायत इन इलम हेलभेटास नेपालको टिम लिडर हरि बहादुर गुरुङ तथा आयोजक संस्था मानव कलयाण समाज नेपाल धनुषाका प्रमाेद यादवकाे उपस्थिति रहेकाे थियाे ।