राजेश महताे
धनुषा, ०२ मंसिर ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्बरपुरवासी अहिले खुसीले गदगद भएका छन् । वर्षौ देखि अलपत्र परेको पोखरीलाई सरसफाई गरी हिन्दुहरुको पवित्र पर्व छठ मनाउने बनाइ दिएपछि आफुहरु निकै खुसी भएको स्थानिय आनन्दलाल महतो जानकारी दिए ।
हामीले पटक पटक विभिन्न जनप्रतिनिधीहरुलाई भोट दिएर जिताउदै आइरहेका थियौं तर, यसपालि जनप्रतिनिधीको आभास भएको छ उहाँले भन्नुभयाे। क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ८ को वडा अध्यक्ष मोद कुमार महतो (मोदी) ले आफै पहल लिएर पोखरीलाई सरसफाई गरि घाट निर्माण गरिदिदाँ यसपालिको छठ घर नजिकै मनाउने भएकाले हामी निकै हर्षित रहेको स्थानिय लाल किशोर महतो बताउनुभयो ।
वडा अध्यक्ष महतोको संयोजकत्वमा सरसफाई कार्यक्रम तिब्रता लिदै छठ पर्वलाई लक्षित गर्दै सरसफाई कार्यक्रम गर्दै अएका थिए । वडा अध्यक्ष महतोको अगुवाइमा स्थानिय, बुद्धिजिवी, समाजसेवी र राजनीतिककर्मीको समेत सहयोगमा पोखरी सरसफाई र घाट निर्माण कार्यक्रम भएपछि वडावासी खुसी रहेको अरबिन्द महतो बताए ।
हाम्रो समाजका लागि सरसफाई अति जरुरी रहेको कुरालाई महसुस गर्दै आफुले क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ८ को सार्वजानिक पोखरीलाई सफा गरि पोखरीमा छठ पुजा गर्ने वातावरण मिलाइदिएपछि स्थानियहरु अत्यधिक खुसी रहेको बताए ।
यस पोखरीको सरसफाई भएपछि यहाँ पाँच सयभन्दा अधिक परिवार छठ पुजाका लागि लाभानवीत हुने अध्यक्ष महतोले दाबी गरे । त्यसै गरि छठ घाटमा मनोरंजनका लागि शनिबार राती धधकते सोले उर्फ चम्बलके सपुत नामको साँस्कृतिक नाटक समेत प्रदर्शन गरि जनतालाई सचेतना गर्ने जानकारी दिएका छन् ।