स्वागतम खबर
जनकपुरधाम, पुस ८ ।
नागरिक अधिकार शिक्षा विषयक प्रदेशस्तरीय कार्याशाला आइतबार मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा सम्पन्न भएकाे छ । सांसदहरुले अब बाँकी चार वर्षकाे कार्यकालमा आफ्नो समुदायकाे आवाजलाई माथि प्रदेश र केन्द्र सरकारसम्म कसरी पुग्याउने छ भन्ने मुख्य उदेश्यका साथ कार्याशालामा छलफल र अभ्यास गरिएकाे छ ।
शान्तिका लागि साझा अभियान (काेक्याप) जनकपुर प्रदेश सचिवालय र डिगनिटी इनिसेटिभ काठमाडौकाे आयाेजनामा भएकाे साे कार्याशालामा प्रदेशका सांसद तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्याशालामा दलित तथा सिमान्तकृत समुदायका ६ जना सांसद र दजर्नभन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे काेक्यापका कार्यक्रम संयाेजक प्रभात भट्टले जानकारी दिनुभएकाे छ ।