स्वागतम खबर
जनकपुरधाम, पुस ९ ।
नागरिक अधिकार शिक्षा विषयक प्रदेशस्तरीय कार्याशाला अन्तर्गत साेमबार मधेश प्रदेशका संसद सचिवालयका कर्मचारी र विभिन्न संघसंस्थाका पदाधिकारीबिच वृहत्त छलफल भएकाे छ । मधेश प्रदेशकाे राजधानी जनकपुरधाममा भएकाे साे कार्याशालामा नागरिक अधिकार, मानव अधिकार, कार्यान्वयन पक्ष र यसकाे समस्या तथा चुनाैती विषयमा छलफल भएकाे छ । संविधानले माैलिक अधिकारकाे रुपमा नागरिक अधिकारकाे कुराहरु उल्लेख गरेकाे भएपनि त्यसकाे कार्यान्वयन पक्ष फितलाे भएकाे सहभागीहरुकाे गुनासाे थियाे । नागरिक अधिकारकाे सवालमा राज्य पक्ष र जनतालाई प्रत्यक्ष रुपमा जाेड्नुपर्नेमा सहभागीहरुकाे जाेड थियाे ।
कतिपय अवस्थामा संविधान प्रदत हक अधिकारबाट नागरिक बञ्चित भएपनि सराेकारबला निकाय गम्भीर नभएकाेले समुदायका नागरिकलाई सचेत भएर अधिकारकाे लागि अगाडि बढ्नुपर्ने सहजकर्ता राजु पासवानले बताउनुभयाे । सहजकर्ता पासवानले मानव अधिकार, यसका सवाल र चुनाैती र कार्यान्वयन पक्षबारे सहजिकरण गर्नुभएकाे थियाे ।
शान्तिका लागि साझा अभियान (काेक्याप) जनकपुर प्रदेश सचिवालय र डिगनिटी इनिसेटिभ काठमाडौकाे आयाेजनामा भएकाे साे कार्याशालामा प्रदेश संसद सचिवालयका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे काेक्यापका मधेश प्रदेश कार्यक्रम संयाेजक शत्राेहन महताेले जानकारी दिनुभएकाे छ ।