स्वागतम खबर
महेन्द्रनगर, माघ ७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रवद्र्धन परियोजना (प्रोयेल) को उप परियोजना सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिता अन्तर्गत आइतवार माध्यमिक विद्यालय ईच्छापुरका विद्यार्थीहरुलाई वैदेशिक रोजगार विषयमा अभिमुखिकरण गरिएको छ । सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिताका लागि कानुनी ज्ञान, सीप तथा सम्बन्धित कामको दक्षता र आइपर्ने जोखिम लगायत अन्य विविध विषयमा जानकारी र सचेतना सहित अभिमुखिकरण गरिएको छ ।
विद्यालय स्तरबाटै सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना बढाउने तथा समुदायमा समेत विद्यार्थीहरुबाट सुचना र जानकारी हस्तान्तरण हुने उदेश्य सहित सो अभिमुखकरण गरिएको आयोजक दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका प्रतिनिधी राजेश महतोले बताउनुभयो ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका ९ ईच्छापुरस्थित मावि स्कुलमा सो एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । अभिमुखिकरणमा कक्षा ८, ९ र १० का करिव ५० जना भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।