स्वागतम खबर
महेन्द्रनगर, माघ १२ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ कुम्हरौलस्थित माध्यमिक विद्यालयमा शुक्रवार विद्यार्थीहरुलाई सुरक्षित वैदेशिक रोजगारीको विषयमा अभिमुखिकरण गरिएको छ । सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिताका लागि कानुनी ज्ञान, सीप तथा सम्बन्धित कामको दक्षता र आइपर्ने जोखिम लगायत अन्य विविध विषयमा जानकारी र सचेतना सहित अभिमुखिकरण गरिएको छ । अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य संख्याम सहभागिता रहेको थियो । सो कार्यक्रम वडाअध्यक्ष देवु यादवको प्रमुख आतिथ्यमा गरिएको थियो ।
क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रवद्र्धन परियोजना (प्रोयेल) को उप परियोजना सुरक्षित वैदेशिक रोजगारीमा युवा सहभागिता अन्तर्गत सो अभिमुखिरण गरिएको छ ।
विद्यालय स्तरबाटै सुरक्षित वैदेशिक रोजगारीका लागि सचेतना बढाउने तथा समुदायमा समेत विद्यार्थीहरुबाट सुचना र जानकारी हस्तान्तरण हुने उदेश्य सहित सो अभिमुखकरण गरिएको आयोजक दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका प्रतिनिधी राजेश महतोले बताउनुभयो ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको आयोजनामा क्षीरेश्वरनाथ नगरपालिका मावि स्कुलहरुमा एकदिने अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ ।