स्वागतम खबर
महेन्द्रनगर, माघ १९ ।
धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आजदेखि ब्याडमिन्टन खेल प्रतियोगिता सुरु हुँदैछ । मिथिला नगरपालिका २ नक्टाझिज वडा कार्यालयमा रहेको कभर्ड हलमा मिथिला नगरस्तरीय भेट्रान नकआउट ब्याडमिन्टन प्रतियोगिता आज शुक्रवारदेखि सुरु भएर शनिवार समापन हुनेछ । खेल शुक्रवार विहान ७ बजे उद्घाटन गर्ने तयारी छ ।
मिथिला नगरपालिका वडा नं. २ को सहयोग तथा प्रगतिशील नेपालको आयोजनामा सो प्रतियोगिता हुने लागेको छ । प्रतियोगितामा मिथिला नगरपालिका भरिका ब्याडमिन्टन क्लवका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । भेट्रान, सिनियर र जुनियर गरी तीन समूहमा खेल हुने प्रतियोगिताका संयोजक अरुण कुमार महतोले जानकारी दिनुभयो । प्रतियोगिताको तीनवटै खेलमा प्रथम, द्धितिय र तेस्रो स्थान ल्याउने खेलाडीलाई पुरस्कार र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।