स्वागतम खबर
महेन्द्रनगर, माघ २७ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैयामा घडेरीको जग्गा नाप नक्सा विषयमा अनावश्यक राजनीतिक विवाद गर्न खोजिएको वडाअध्यक्ष देवु यादवले बताएका छन् । बाजेको पालामा बेचिएको आफ्नो घडेरीको जग्गामा नाप नक्साका विषयमा अदालतबाट फैसला भएपनि आदेश कार्यान्वयनमा विपक्षीले अनावश्यक राजनीतिक विवाद गर्न खोजेको वडाअध्यक्ष यादवले आरोप लगाएका छन् ।
आफ्नै घडेरीको अगाडी भागमा पर्ने जग्गामध्ये २२ फिट चौडा मुख हुने गरी ८ धुर जग्गा स्थानीय रामसोगारथ यादवले खरिद गरेको भएपनि अहिले आएर राजनीतिक विवाद गर्न खोजेको भन्दै अध्यक्ष यादवले सो जग्गा विवादमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न माग गर्नुभयो । अध्यक्ष यादवका अनुसार आफ्नो आमा निरसी देवीको नाउँमा रहेको सो जग्गा विषयमा धनुषा जिल्ला अदालतबाट भएको फैसला निर्णय बमोजिम आफ्नो घडेरीको मुख ३० फिट चौडाइ हुनुपर्ने र रामसोगारथ यादवले खरिद गरेको जग्गाको मुख २२ फिट हुनुपर्नेमा घडेरीको जग्गा अपुग भएपनि दुवै पक्षबीच विवाद बढ्दै गएको हो ।
नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित अध्यक्ष यादवले आफ्नो विपक्षी नेकपा एमालेका प्रत्यासीले रामसोगारथ यादवले अनावश्यक राजनीतिक गर्न खोजेको भन्दै अदालतको पैmसला कार्यान्वयन गर्न माग गरेका छन् ।
यता रामसोगारथ यादवले आफुले खरिद गरेको जग्गा अपुग भएपछि जग्गा खिचोला सम्बन्धी मुदा अदालतमा दिएको र अदालतको फैसला मुताविक आफुले खरिद गरेको जग्गा अपुग भएको भन्दै नाप नक्साअनुसार वास्तविक जग्गा हुनुपर्ने अडान लिएको बताएका छन् ।