स्वागतम खबर
जनकपुरधाम, माघ २८ ।
गैर सरकारी संस्थाको विभिन्न क्षेत्रमा कार्य गर्दै आएको मानव कल्याण समाज नेपालको प्रथम अधिवेशन आइतवार सम्पन्न भएको छ । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका ८ कचुरीमा स्थापित मानव कल्याण समाज नेपालले जनकपुरधाममा प्रथम अधिवेशन गरेको छ । संस्थाका अध्यक्ष बन्दना कुमारी यादवको अध्यक्षता तथा मधेश प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माको प्रमुख आतिथ्यमा गरेको अधिवेशनमा संस्थाका पदाधिकारी, संस्थाले कार्य संचालन गरेको विभिन्न पालिकाका लाभान्वित समुदाय, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले कृषि प्रधान देश भएपनि चारैतिरबाट किसान नै समस्यामा पर्नु दुखद रहेको बताए । बालुवाको थुप्रो बगरमा मेहनत गरेर तरकारी फलाउने किसानलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने शर्माको भनाई थियो ।
कार्यक्रममा सहभागी क्षीरेश्वरनाथ नगरपालिका ३ का वडाअध्यक्ष अमरकिशोर सिंहले संस्थाले गर्दै आएको कार्यबाट आफ्नो वडाका मुसहर समुदाय निकै लाभान्वित भएकोले अगामी दिनमा पनि सहयर्का गर्न आफु तयार रहेको बताए ।
यस्तै कार्यक्रममा सहभागी अतिथि डा. सूर्यनारायण मण्डलले पनि समाजमा अति पिछडिएका समुदायको लागि कार्य गर्दै आएको मानव कल्याण समाजको कार्यले लक्षित समुदाय लाभान्वित बन्दै गएको र अगामी दिनमा पनि विपन्न समुदायको सबलताका लागि कार्य गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला स्तरीय बगर संजालका अध्यक्ष सोनेलाल चौधरीले खोलाको ब
गरलाई आफुहरुले खेतमा परिणत गरेर तरकारी, फलफुल खेती गरेपनि सिंचाई र विद्युतको समस्याका कारण मेहनत अनुसार आम्दानी गर्न नसकेको बताए । अध्यक्ष चौधरीले सरोकारबलाहरुसँग पानी र विजुलीको व्यवस्था गरिदिन माग पनि गरे । सो अवसरमा संस्थाका कार्यकारी निर्देशक प्रमोद कुमार यादवले संस्थाले हालसम्म गरेको कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरे । संस्थाले हाल आर्थिक रुपले विपन्न समुदाय, बस्तीलाई लक्षित गर्दै जिविकोपार्जन, शिक्षा, कृषि, बगरखेती लगायतका परियोजना हेल्वेटासको सहयोगमा संचालन गर्दै आएको जनाएको छ ।