संताेष कुमार ठाकुर
दुवई, फागुन ७ ।
विश्वभरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) अन्तर्राष्ट्रिय समितिको पाचौं महाधिवेशन सम्पन्न भएको छ । अन्तराष्ट्रिय समितिका अध्यक्ष ई. शम्भुनाथ साहकाे अध्यक्षता तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एंव गैर आवासीय मधेशी संघ संस्थापक समेत रहेका डा. चन्द्र कान्त राउतकाे प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएकाे छ । साे महाधिवेशनमा विशिष्ट अतिथि
जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष एवं पुर्व अन्तर्राष्ट्रीय समिति अध्यक्ष ई. बसन्त कुशवाहा, जनमत पार्टी राष्ट्रिय उपाध्यक्ष एवं अनुशासन विभाग प्रमुख ई. दीपक कुमार साह, काेषाध्यक्ष ई. सुरेन्द्र नारायण यादव उपस्थिति रहेकाे थियाे ।
शुक्रवार सम्पन्न पाचौं महाधिवेशनबाट डा. श्यामबाबू महतोको अध्यक्षतामा ५४ अन्तर्राष्ट्रिय सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । वरिष्ट उपाध्यक्षमा ई. विजय कुमार यादव, ई. धिरज कुमार साह डा. रविन्द्र कुमार मण्डल रहेको छ ।
त्यस्तै उपाध्यक्षमा अधिकारी उपेन्द्र यादव, अनिल कुमार यादव, कपलेश्वर यादव, सदाम अंसारी रहेको छ । महासचिवमा ई. रामदेव राय, सचिवमा ई. प्रियंका कुमारी यादव, कोषाध्यक्षमा ई. बद्री यादव, सह-सचिवमा श्याम सुन्दर साह, प्रवक्तामा सन्तोष कुमार ठाकुर, मिडिया कोर्डिनेटर कृष्ण देव सुतिहार (स्वराजी) रहेको छ ।
त्यस्तै सदस्यमा प्रमोद ठाकुर, बुधेश्वर महरा, मन्सी खङ, जग नारायण मन्डल, बिसेश्वर शाह, राम सुवन यादव, जितेन्द्र कुमार यादव, राम नन्दन शाह, नन्द कुमार ठाकुर, रामजुलुम शाह तेलि, महेश्वर यादव, रुबि कुमारी शाह, सन्जय कुमार यादव, सरोज कुमार शाह, बिरछ दास तत्मा, मनिक लाल महरा, भिखारी मन्डल, अशोक दास, नन्दकिशोर मन्डल(मोहित), पप्पु कुमार यादव, महेश्वर प्र.यादव, आनन्द कुमार राय, लक्ष्मण महतो, सन्जित कुमार दास, सन्तोष महतो, सफल कामत, रामचरण यादव, सचिन पासमान, उमेश मन्डल, सुरेन्द्र कुमार यादव, रमण प्रसाद यादव, सुनिल कुमार मन्डल, जगदीश राय, राहुल यादव, महेश शाह, इन्द्रजित यादव, सन्तोष कुमार यादव, अमरेश मन्डल, अशोक कुमार पासमान, राजेन्द्र प्रसाद यादव रहेको छ ।
सल्लाहकार समितिमा प्रमुख ई. शम्भुनाथ साह, ई. संजय कुमार कर्ण, ई. विरेन्द्र कुमार साह, शिव कुमार पल, ई. अविशेक झा, ओम नारायण मण्डल, सिकेन्द्र यादव रहेको छ ।
राष्ट्रिय देखि अन्तर्राष्ट्रिय सम्म मधेशी समुदाय लाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (NRMA) अन्तर्राष्ट्रीय समिति को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।
त्यस्तै एनआरएमएले प्रवासमा रहेको मधेशीहरुलाई एउटा छाता संगठनभित्र एकबद्ध गर्दै हरेक किसिमको सहयोग उपलब्ध गराउदै आई रहेको छ । आर्थिक सहयोगदेखि रोजगार सम्बन्धी समस्या, बिदेशी क़ानूनी समस्या आदिमा समेत संगठनले सहयोग जारी राखेको छ। यसका साथै बिदेशी भूमिमा दुर्घटनामा परेका, जेल परेका, मृत्यु भएका समस्यामा समेत एनआरएमएले समस्या समाधानका लागी सक्रिय पहल गर्दै आएको छ ।
गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। युएई मलेसिया, कतार , साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा NRMA का सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ ।
बिदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ । संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाड़ी बढ्दै गरेको अन्तर्राष्ट्रीय समितिको अध्यक्ष डा. श्यामबाबू महतोले बताए ।