स्वागतम खबर
ढल्केवर, फागुन २३ ।
प्रभावकारी र समावेशी सुशासन सुदृढीकरण कार्यक्रम अन्तर्गत धनुषाको मिथिला नगरपालिकामा बुधवारदेखि दुई दिने “समावेशीकरण र नेतृत्व विकास सम्बन्धि कार्यशाला ” सुरु भएकाे छ । साे कार्यशालामा मिथिला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकाे सहभागिता रहेकाे छ ।
मिथिला नगरपालिका ढल्केवरकाे आयाेजना तथा CDWN काे प्राविधिक सहयाेग एंव स्थानीय सरकार सबलिकरणका लागि अष्ट्रेलियन एड र द एसिया फाउन्डेसनकाे सहयाेगमा भईरहेकाे कार्यशाला पालिकाले प्रवाह गर्ने सेवा सुविधा र कार्यक्रम तथा नीति नियमलाई प्रभावकारी, समावेशी र मितव्य कसरी बनाउने विषयमा केन्द्रीत रहेकाे द एसिया फाउन्डेसनका मञ्जु विश्वकर्माले जानकारी दिनुभयाे ।
साे कार्यशालामा मिथिला नगरपालिकाका उपमेयर सुनितासिंह बुढाथाेकी , वडा नं. ७ का वडाअध्यक्ष एंव प्रवक्ता रामबहादुर स्यांगदन, निमित प्रमुख प्रशसाकिय अधिकृत अशाेक कुमार भण्डारी लगायत वडाअध्यक्ष, कार्यपालिका सदस्य र नगरपालिकाका विभिन्न शाखा प्रमुखहरुकाे उपस्थिति रहेकाे नगरपालिकाले जनाएकाे छ ।
साे कार्यशालामा TU का प्राेफेसर एंव रिसर्चर डा. नीति अर्याल खनालले सहजिकरण गरिरहनुभएकाे फाउन्डेसनका प्रतिनिधि विश्वकर्माले बताउनुभयाे ।