स्वागतम खबर
ढल्केवर, फागुन २६ ।
लैंगिक समानता तथा महिला नेतृत्व सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम धनुषाकाे मिथिला नगरपालिकास्थित लालगढमा सम्पन्न भएकाे छ । कार्यक्रममा लैंगिक समानता तथा महिला नेतृत्व सम्बन्धमा समुदायका अगुवा, पत्रकार र आध्यात्मिक नेतृत्वसँग अन्तरक्रिया गरिएकाे छ ।
पालिकाभित्र लैंगिक समानता सँगै महिला नेतृत्वलाई अगाडि बढाउन सबै पक्षले सशक्त भुमिका खेल्नु पर्नेमा सहभागीहरुले जाेड दिएका छन् ।
लैंगिक समानता र महिला नेतृत्वलाई सबल बनाउन महिला स्वयम् पनि अगाडि बढ्नुपर्ने सहभागीहरुले बताएका छन् ।
CDWN काे प्राविधिक सहयाेग एंव स्थानीय सरकार सबलिकरणका लागि अष्ट्रेलियन एड र द एसिया फाउन्डेसनकाे सहयाेगमा भएकाे साे कार्यक्रममा राजनीतिकर्मी, समुदायक अगुवा, नेतृत्वकर्ता, आध्यात्मिक व्यक्तित्व , पत्रकार लगायतकाे उपस्थिति रहेकाे CDWN का कार्यकारी निर्देशक तेजेन्द्र लामाले जानकारी दिनुभयाे ।
कार्यक्रमलाई राष्ट्रिय समाचार समितिका अध्यक्ष एंव पत्रकार धमेन्द्र झाले सहजीकरण गर्नुभएकाे थियाे ।
सन् २०१६ सालमा स्थापना भएकाे CDWN ले विभिन्न जिल्ला र पालिकामा महिला नेतृत्वकाे सवालमा कार्य गर्दै आएकाे निर्देशक लामाले बताउनुभयाे।