स्वागतम खबर
ढल्केवर, फागुन २६ ।
धनुषामा एक महिलासँग जबरजस्ती करणी भएकाे घटना बाहिरीएकाे छ । धनुषाकाे मिथिला नगरपालिका ३ मा एक महिलासँग फाल्गुन २४ गते राति ११ बजे जबरजस्ती करणीकाे घटना भएकाे बताईएकाे छ ।
आफ्नै घरमा सुतिरहेकाे बेला साेही वडामा बस्ने करिव २४ वर्षका उमेश कुमार यादवले जबरजस्ती करणी गरेकाे पीडित महिलाकाे आराेप छ । आफुमाथि जबरजस्ती करणी भएकाे भन्दै पीडितले ईलाका प्रहरी कार्यालय ढल्केवरमा किटानी जाहेरी दिएकाे बताएका छन् । जाेहरीमा पिडितले मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद १८ काे दफा २१९ बमाेजिम जबरजस्ती करणी गरेकाले घटनाकाे अनुसन्धान गरि आफुलाई न्याय दिलाउन जाहेरीमा माग गरेका छन् ।
यता ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्सपेक्टर राजकिशाेर साहले जबरजस्ती करणी सम्बन्धमा पिडित महिलाले जाहेरी दर्ता गराएकाे बताएका छन् । जाहेरी दर्ता भएपछि आराेपित युवकलाई हिरासतमा राखि घटनाकाे अनुसन्धान थालिएकाे ईन्सपेक्टर साहले जानकारी दिएका छन् ।
स्थानीयहरुका अनुसार घटना भएकै राति पिडितले आफुलाई बचाउन हल्ला गर्न थालेपछि आराेपित युवकलाई नियन्त्रणमा लिई रामधुलाई गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरकाे जिम्मा लगाईएकाे थियाे ।