Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला नगरपालिकामा अपाङ्गता अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

कार्यविधि नहुँदा अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन असहज

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
मिथिला नगरपालिकामा अपाङ्गता अधिकार सम्बन्धी अभिमुखीकरण सम्पन्न

स्वागतम खबर
ढल्केवर, चैत २ ।

धनुषाको मिथिला नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र नगरस्तरीय अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुको लागि सो अभिमुखीकरण गरिएको जनाइएको छ ।
अभिमुखीकरणमा अपाङ्गता भएको व्यक्तिले पाउनुपर्ने सवैंधानिक हक अधिकार, सेवा सुविधा, ऐन कानुन, स्थानीय सरकारको जिम्मेवारी लगायतको विषयमा सहभागीहरुलाई जानकारी गराउँदै छलफल भएको बताइएको छ । अपाङ्गता भएको व्यक्तिको अधिकार सम्बन्धी अपाङ्गता समन्वय समितिले गर्नुपर्ने काम, कर्तव्य लगायतको विषयमा समेत प्रस्तुतीकरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड एवं द एशिया फाउण्डेशको सहयोग र मिथिला नगरपालिकाको समन्वयमा भएको सो अभिमुखीकरणमा नगर पालिकाले अपाङ्गता सम्बन्धी स्थानीय कार्यविधि बनाएर कार्यान्वयन गर्नुपर्ने सहभागीहरुले बताएका थिए ।
अपाङ्गताको अधिकार सम्बन्धी कार्य विधि बनाएर कार्यान्वयनका लागि नगरपालिकामा सबैले सामुहिक पहल गर्नु राष्ट्रिय अपाङ्ग महासंघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष राम बहादुर कार्कीले आग्रह गर्नुभयो । अपाङगता पूर्णतया सामाजिक सवाल हो, यो विभेद, अवरोध, सामाजिक भेदभाव र असमान व्यवहारबाट सृजित अवस्था रहेकाले अपाङ्गता समावेशी विकास अधिकारका लागि स्थानीय सरकारलाई अग्रसरता लिनुपर्ने उहाँले बताउनुभयो ।


राष्ट्रिय अपाङ्ग महासंघका अनुसार अपाङ्गता भएको व्यक्तिहरुले अझै पनि तीन तहकै सरकारबाट अपेक्षाकृत अधिकार र सेवा सुविधा पाउन सकेका छैनन् । 

जनताको सबैभन्दा नजिक मानिएका स्थानीय सरकारले पनि अपाङ्गता भएको व्यक्तिहरुका लागि ऐन कानुनमा उल्लेख भएका अधिकार र सेवा सुविधामा सहजता दिन सकेको छैन् भने सेवा सुविधा लिन सहज पहुँचका लागि अपाङ्गतामैत्री भौतिक संरचनाको समेत अभाव रहेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा मिथिला नगरपालिकाका उप मेयर तथा अपाङ्गता समन्वय समितिका संयोजक सुनितासिंह बुढाथोकी, समितिका सदस्य लालगढ कुष्ट रोग अस्पतालका निर्देशक डा. कृष्ण लामा, सदस्य तथा ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक राजकिशोर साह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलनदेवी श्रीवास्तव, शिक्षा शाखाका निमित्त प्रमुख रामप्रसाद खरेल, द एसिया फाउण्डेसनका मञ्जु विश्वकर्मा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका प्रमुख प्रकाश नेपाली, मिथिला नगर पत्रकार संजालका अध्यक्ष विनोद कुमार महतो, अपाङ्गता पैरवी समूहका दिपिका लामा, सारेछे मगर, जयप्रकाश ठाकुर, विश्वेश्वर साह लगायतको उपस्थिति रहेको अपाङगता पैरवी समूहका फोकल पर्सन उपेन्द्र राउतले जानकारी दिनुभयो ।


राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार मिथिला नगरपालिकामा ५ सय १४ जना पुरुष र ४ सय ८ जना महिला अपाङगता भएका व्यक्ति छन् । एक अध्ययनका अनुसार अपाङगता हुने कारणहरुमा ५३ दशमलव ६ प्रतिशत रोगबाट, २८ दशमलव ९ प्रतिशत जन्मबाट र १७ दशमलव ६ प्रतिशत दुर्घटना रहेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

मिथिला नगरपालिकामा मेलमिलापकर्ताहरुलाई पुर्नःताजगी तालिम

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

अपाङ्गता समावेशी विकासका लागि मिथिला नगरपालिकाका जनप्रतिनिधीहरुको प्रतिबद्धता

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

भर्खरै

Казино с привилегиями и подключением через смартфоны.

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

मिथिला नगरपालिकाले अगामी वर्षकाे लागि ल्यायाे ७९ कराेड ७८ लाखकाे बजेट

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

२२ औँ राष्ट्रिय धान दिवस मनाइयो, स्वदेशी धान उत्पादनमा जोड

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

मोटरसाइकल अनियन्त्रित हुँदा धनुषामा एकजनाको मृत्यु

Blaze Apostas Entrar de Site: Online & Cadastro

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

सेन्ट्रल ईन्जीनियरिङ्ग कलेजले बि.ई. इलेक्ट्रिकलको थप कक्षा संचालन गर्ने

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य