स्वागतम खबर
महेन्द्रनगर, चैत ५ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्धन परियोजना (प्रोयेल) अन्तर्गत सोमबारदेखि नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु भएको छ । युथ प्यानल क्षीरेश्वरनाथ नगरपालिकाका अध्यक्ष खुरसैद राईनको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमलाई सुरुवात गर्दै प्रमुख अतिथि नगर प्रमुख यादवले युवामैत्री नीति लागु गर्ने प्रतिबद्धता जनाउनुभयो ।
चैत ८ गतेसम्म चल्ने नमुना युवा संसद अभ्यास कार्यक्रममा नगरपालिकका युथ प्यानलका युवायुवतीहरुको सहभागिता रहेको जनाइएको छ ।
सो कार्यक्रममा प्रशिक्षक सरोज खनालले सहभागीहरुलाई नमुना युवा संसद अभ्यासका लागि सहजीकरण गरिरहेको परियोजनाका प्रदेश संयोजक निरमा चौधरीले जानकारी दिनुभयो । सो कार्यक्रमको संचालन परियोजनाका अनगुमन अधिकृत जनक अधिकारीले गर्नुभयो ।
युरोपियन युनियनसंगको सहकार्यमा हेल्भेटास नेपाल, सहयोगी समाज नेपाल र क्षीरेश्वरनाथ नगरपालिकाको संयुक्त सहयोगमा सो कार्यक्रम भईरहेको बताइएको छ ।