स्वागतम खबर
महेन्द्रनगर, चैत २१ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरमा बर्थिङ्ग सेन्टर निर्माण गर्न बुधवार जग शिलान्यास गरिएको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले संयुक्त रुपमा सो बर्थिङ्ग सेन्टरको जग शिलान्यास गर्नुभएको छ ।
बर्थिङ्ग सेन्टरको जग शिलान्यास गर्दै सभामुख मण्डलले स्थानीयहरुलाई सामुहिक रुपमा भवनको निर्माण कार्य र गुणस्तरियतामाथि ध्यान दिन आग्रह गर्नुभयो । उहाँले बर्थिङ्ग सेन्टर संचालनमा आएपछि यस क्षेत्रका बासिन्दा सुरक्षित प्रसुती सेवाका लागि लाभान्वित हुने विश्वास समेत व्यक्त गर्नुभयो । सो क्रममा सभामुख मण्डलले आफु निर्वाचित प्रदेशसभा क्षेत्र समेत भएकाले यस क्षेत्रको समग्र विकासका लागि आफुले पहल गर्दै आएको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ, बाटोघाटो, किसान र सिंचाईका लागि डिप ट्युबेल लगायतका क्षेत्रमा प्रदेश सरकारबाट सहयोगका लागि माग अनुसार आफुले पहल गर्दै आएको दावी समेत गर्नुभयो ।
सभामुख मण्डलको पहलमा मधेश प्रदेश सरकारको सहयोगमा रु. २५ लाखको लागतमा दिगम्वरपुरस्थित बसनियामा सो बर्थिङ्ग सेन्टर निर्माणका लागि जग शिलान्यस गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्देश्वर प्रसाद महतो(खोपीबला)ले जानकारी दिनुभयो । एक तल्ला तथा दुई कोठे बर्थिङ्ग सेन्टरको निर्माण कार्य दुई महिनाभित्र सक्ने गरी सो बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि स्थानीय राजेश महतोलाई ठेक्का दिएको समितिका अध्यक्ष महतोले बताउनुभयो ।
बर्थिङ्ग सेन्टर निर्माण भएर संचालन भएपछि सो क्षेत्रका स्थानीयहरुले सुरक्षित प्रसुति सेवा लिने सक्ने भएपछि खुशी भएका स्थानीय राजनीतिकर्मी रामखेलावन महतोले बताउनुभयो ।
जग शिलान्यासको अवसरमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ का अध्यक्ष मोदकुमार महतो (मोदी), स्थानीय राजनीतिकर्मी, समाजसेवी, युवा, उपचोक्ता समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
शिलान्यासपछि सभामुख मण्डल स्थानीयलाई सम्बोधन गर्दै / भिडियो