Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

मिथिला न.पा.मा एकीकृत प्रारम्भिक बालविकास परियोजनाको समीक्षा तथा सामाजिक लेखापरिक्षण सम्पन्न

परियोजनाको निरन्तरता दिने मेयरको प्रतिबद्धता

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
मिथिला न.पा.मा एकीकृत प्रारम्भिक बालविकास परियोजनाको समीक्षा तथा सामाजिक लेखापरिक्षण सम्पन्न

स्वागतम खबर
ढल्केवर, बैशाख १२ ।

धनुषाको मिथिला नगरपालिकामा “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” मूल नाराका साथ संचालित नेपालमा प्रारम्भिक बालशिक्षा र विकासको सबलीकरणका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड कार्यान्वयन परियोजनाको समीक्षा तथा सामाजिक लेखापरिक्षण कार्याशाला बुधवार सम्पन्न भएको छ । स्थानीय तहमा एकीकृत प्रारम्भिक बालविकासका लागि संचालित सो परियोजनाको समीक्षा तथा सामाजिक लेखापरिक्षण कार्याशाला सम्पन्न भएकाे छ ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्याशालामा नगर उप प्रमुख सुनितासिंह बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारी, वडा नं. ७ वडाअध्यक्ष रामबहादुर स्यांग्दन लगायत विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको नगरपालिकाले जनाएको छ ।
कार्याशालामा परियोजना सुरु गरिएको अवधी २०७८ फाल्गुन १७ गतेदेखि आउने लागेको २०८१ जेठ २ गतेसम्मको परियोजनाको कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती तथा अवसर, बजेट परिचालन तथा खर्च, दिगोपना र अगामी योजनाबारे छलफल गरिएको परियोजनाका पालिका बाल विकास संयोजक बविता खड्काले जानकारी दिनुभयो ।

कार्याशालामा मिथिला नगरपालिकाका प्रमुख महतोले परियोजनाको प्रभावकारिता विद्यालय, विद्यार्थी तथा अभिभावकहरुको प्रत्यक्ष रुपमा देखिएकाले परियोजनालाई अगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

नगर प्रमुख महतोले परियोजनाको निरन्तरताका लागि नगरपालिकाले बजेट विनियोजना गर्ने र दातृ तथा सहयोगी निकायलाई समेत साथमा लिएर अगाडी बढ्ने विश्वास दिलाउनुभयो ।


यता कार्याशालालाई सम्बोधन गर्दै उप प्रमुख बुढाथोकीले परियोजनाको सबै पक्ष सबल र प्रभावकारी देखिएकाले यसलाई अगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले परियोजनाबाट प्राप्त उपलब्धीलाई दिगोपना दिन पालिकास्तरबाट निरन्तर अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सार्वजनिक नमुना माध्यमिक विद्यालय बेंगाडाबरका शिक्षिका श्यामकुमारी महतोले परियोजना अन्तर्गत आफुहरुले पाएको तालिम तथा सीपको प्रयोगले विद्यार्थी केन्द्रीत सिकाइमा बल पुगेको र बालबालिका तथा अभिभावकहरुमा समेत अनुशासन, व्यवहार र सोचमा परिवर्तन ल्याएको दावी गर्नुभयो ।


सेतो गुराँस बालविकास सेवा महोत्तरीको आयोजना तथा मिथिला नगरपालिकाको समन्वयमा युनिसेफ नेपालको आर्थिक सहयोग एंव सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोग परियोजना संचालन भएको सो परियोजनामा आर्थिक वर्ष २०७८/०७९ रु. १५ लाख, आर्थिक वर्ष २०७९/०८० रु. १२ लाख २५ हजार र आ.व. २०८०/०८१ रु. ३५ लाख ३० हजार रुपैयाँ बजेट परिचालन भएको विवरण प्रस्तुत गरिएको छ ।
परियोजना अन्तर्गत आ.व. २०८०/०८१ बाल विकासमा ८३१ जना, कक्षा १ मा ५४१ जना, कक्षा २ मा ४९६ जना कक्षा ३ मा ५०० जना, दलितमा ६१९ जना र अपाङ्गता भएका ५ जना बालबालिकालाई प्रारम्भिक बाल सिकाईमा जोडिएको पालिका बाल विकास संयोजक खड्काले जानकारी दिनुभयो । सो परियोजनाबाट १९५ जना जनप्रतिनिधी, १४४ जना शिक्षकशिक्षिका, २५११ बालबालिका र १२५ जना पालिका र अन्य निकायका कर्मचारीहरु लाभान्वित भएको बताइएको छ । नगरपालिकामा ४२ वटा बालविकास केन्द्र, एक वटा पालिकास्तरीय प्रारम्भिक बालविकास समिति र ११ वटा वडास्तरीय प्रारम्भिक बालविकास समिति, ४ वटा पोषण उपचार केन्द्र रहेको छ ।
कार्याशालामा परियोजनाबाट भएको उपलब्धी, परियोजनाले पारेको प्रभाव, अगामी रणनीति बारे वृक्षचार्टहरु प्रस्तुत गरिएको थियो । सो कार्याशालामा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका कार्यक्रम संयोजक रितिका दहाल, सेतो गुराँस राष्ट्रिय बालविकास सेवा महोत्तरीका जिल्ला संयोजक नितु मिश्रा लगायतले सहजीकरण गर्नुभएको थियो ।

यसअघि बैशाख ११ गते मंगलबार नगरपालिकाकाे प्रारम्भिक  बालविकासका लागि भएका एकीकृत याेजना कार्यान्वयनकाे समीक्षा तथा अगामी याेजना बारे कार्याशाला भएकाे थियाे ।

तपाईको प्रतिक्रिया !

Related Posts

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नगर प्रमुखले एकलाैटी पालिका चलाए : उप प्रमुख माथेमा

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

नक्टाझिजमा अर्चना बाबा शाखाधामकाे भवन निर्माण कार्य सुरु

भर्खरै

ЗЕРКАЛО ПЛОЩАДКА KRAKEN TOR

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

उप प्रमुखले पार्टीको ईसारामा लागेर पालिका चलाउन दिएन : नगर प्रमुख यादव

विद्यार्थी भर्नाका लागि रैली

विद्यार्थी भर्नाका लागि रैली

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ढल्केवर कृषि बजारमा चमेना गृहको शिलान्यास

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य