Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

वास इन स्कुलका लागि मिथिला नगरपालिकाले जारी गर्यो दश बुँदे घोषणा पत्र

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
वास इन स्कुलका लागि मिथिला नगरपालिकाले जारी गर्यो दश बुँदे घोषणा पत्र

स्वागतम खबर
ढल्केवर, बैशाख १९ ।

धनुषाको मिथिला नगरपालिकामा बुधवार आयोजित विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनले दश बुँदे घोषणा तथा प्रतिबद्धता पत्र जारी गरेको छ । मिथिला नगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहयोगमा भएको सो सम्मेलनले सबै विद्यालयलाई आधारभूत तहको खानेपानी, सरफाइ तथा स्वच्छताका सूचकलाई सुनिश्चित गर्ने घोषणा गरेको छ ।
विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि भएको सो सम्मेलनले मिथिला नगरपालिकाभित्र रहेका सबै विद्यालयहरुमा आर्थिक वर्ष २०८३/०८३ सम्ममा कम्तिमा आधारभूत तहको खानेपानी, सरफाइ तथा स्वच्छता सम्बन्धि सुविधा सुनिश्चित गर्नुपर्ने भन्दै दश बुँदे घोषणा तथा प्रतिबद्धता पत्र जारी गरेको छ ।


मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको अध्यक्षतामा भएको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनमा सहभागी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, विद्यालयकाका प्राधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यार्थी अभिभावक लगायतले दुश बुँदे घोषणा तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । मिथिला नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नं. ७ का वडाअध्यक्ष रामबहादुर स्यांगदनले सो घोषणा तथा प्रतिबद्धता पत्र पढेर सबैलाई सुनाएपछि सम्मेलनले पास गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख सिता काफ्लले जानकारी दिनुभयो ।


सम्मेलनलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख महेन्द्र महतोले नगभित्रका विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचक तोकिएको समयभित्रै सुनिश्चित गर्न जनप्रतिनिधी र विद्यालयका सहभागी प्रतिनिधीहरुलाई आग्रह गर्नुभयो । उहाँले विद्यालयहरुमा देखिएको खानेपानी, सरसफाइ तथा स्वच्छताको विषयमा नगरपालिका गम्भीर रहेकाले अगामी बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी र स्वच्छताका कार्यक्रमलाई बढी प्राथमिकता दिने प्रतिबद्धता पनि जनाउनुभयो । प्रमुख महतोले अहिले प्रकृतिको विनाशले खानेपानीको स्रोत सुक्दै गएको र अधिकांश विद्यालय, टोल र वडामा खानेपानीको चरम अभाव भएकाले यसको समाधानका लागि पनि आफुहरु लागि परेको उहाँले भन्नुभयो ।

यता कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका उप प्रमुख सुनितासिंह बुढाथोकीले नगरपालिकाले अबको दिनमा शिक्षा, स्वास्थ्य र सरसफाइमा बजेटलाई बढी प्राथमिकता दिने बताउनुभयो । उहाँले भन्नुभयो –‘हामी शिक्षामा एकदमै पछाडि छौं तर हिंसामा एकदमै अगाडी, अब यसलाई अन्त गर्दै शिक्षा, स्वास्थ्य र सरसफाइमा अगाडी बढ्नु पर्छ ।’ विद्यालयमामा मात्रै नभई समग्र नगरपालिकामा नै खानेपानी, सरसफाइ तथा स्वच्छताका विषयमा सबैले गम्भीर चासोका साथ अबको दिनमा लागेर नमुना नगरपालिकाको रुपमा विकास गर्ने पुनित कार्यमा लाग्न उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । युनिसेफले गरेको सहयोग उल्लेखनिय र प्रंसनिय रहेको भन्दै उहाँले फेरी पनि युनिसेफलाई सहकार्यका लागि आग्रह गर्नुभयो ।
सोही सम्मेलनलाई सम्बोधन गर्दै युनिसेफका वास प्रमुख इरफान अलराइले नगरपालिकाले घोषणा गरेको समयभित्रै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका सूचकलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।


सम्मेलनमा सहभागी विद्यालयका प्राधानाध्यापक तथा प्रतिनिधीहरुले विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा हालसम्म भएका उपलब्धी र देखिएका कमीकमजोरीको सुधारतिर आफुहरु लागि परेको भएपनि आर्थिक अभाव र सिमित स्रोतसाधनले अपेक्षित परिणाम ल्याउन नसकिरहेको गुनासो गरेका थिए । विद्यालयका प्रतिनिधीहरुले अबको दिनमा बजेट र स्रोतको व्यवस्थापनतिर गम्भीर भईदिन नगरपालिका र जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।
सो सम्मेलनलाई युनिसेफ नेपालका वास अफिसर बोधनारायण श्रेष्ठले सहजीकरण गर्नुभएको पालिकाका बाल विकास संयोजक बविता खड्काले जानकारी दिनुभयो ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनले दश बुँदे घोषणा तथा   प्रतिबद्धता पत्र

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य