स्वागतम खबर
ढल्केवर, बैशाख २१ ।
धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिजमा आज अर्चना बाबा शाखा धामका भवन निर्माण कार्यका लागि जग शिलान्यास गरिएकाे छ । नक्टाझिजस्थित विश्वकर्मा चाैकभन्दा पश्चिम बसही खाेला किनारमा अर्चना बाबा शाखाधामका लागि जग शिलान्यास गरिएकाे शाखा धामका संयाेजक जगदिश प्रसाद सिंहले जानकारी दिनुभयाे ।
स्थानीय सुरतलाल महताेले साे खाेला किनारमा उपलब्ध गराएकाे निजी जग्गामा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महताेले भवन निर्माणका लागि जग शिलान्यास गर्नुभएकाे छ । साे अवसरमा अर्चना बाबा शाखा धामका पदाधिकारी तथा भक्तजनकाे उपस्थिति रहेकाे थियाे ।