Swagatam khabar
 रेडियो स्वागतम् लाइभ 
 रेडियो ढल्केवर लाइभ 
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य
No Result
View All Result

 swagatamnews, swagatam khabar, pradesh swagatam, mahendranagar news, dhanushapost, dhanushatimes, Dhanusha Times, Dhanushatimes.com, dhanusha news, kshireswarnews, province news, news bureau, therealsamachar, janakpurtoday, pradeshtimes, janaki today, madhesh today, pradesh today, madheshtimes, madheshbureau, madhesh24, madheshkhabar, natrajtimes, todaypati, janakikhabar, news nepal, pradeshnews
      रेडियो स्वागतम् लाइभ       रेडियो ढल्केवर लाइभ 
No Result
View All Result

जेठ १३ गतेदेखि २६ सम्म पोलियो विरुद्ध आई. पि.भी खोप अभियान २०८१ संचालन हुने

२०७३ देखि २०७५ को बीचमा छुटेका बालबालिकालाई खोप लगाईने

स्वागतम् खबर स्वागतम् खबर
१ वर्ष अगाडि
जेठ १३ गतेदेखि २६ सम्म पोलियो विरुद्ध आई. पि.भी खोप अभियान २०८१ संचालन हुने

स्वागतम खबर
ढल्केवर, जेठ ५ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आई. पि.भी खोप अभियान २०८१ यहि जेठ १३ गतेदेखि २६ गतेसम्म देशव्यापी रुपमा संचालन हुने भएको छ । पोलियो रोग उन्मुलनका लागि देशव्यापी रुपमा आई. पि.भी खोप अभियान २०८१ संचालन गर्न लागिएको छ ।
शनिवार धनुषाको मिथिला नगरपालिकामा आयोजित नगरस्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण गोष्ठीलाई सहजीकरण गर्दै स्वास्थ्य कार्यालय धनुषाको खोप अधिकृत राजदेव यादवले अभियान अन्तर्गत २०७३ बैशाख देखि २०७५ असोजको बीचमा जन्मेका बच्चालाई पोलियो विरुद्धका आई. पि.भी खोप लगाईने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

“पोलियोमाईलाईटिस” पोलियो भाइरसबाट संक्रमण हुने यो रोगका विरामीहरु हाल पाकिस्तान र आफगानिस्तानमा मात्र देखापरिरहेको छ ।
अधिकृत यादवले जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन हुने देशव्यापी अभियान अन्तर्गत मिथिला नगरपालिकामा पनि २०७३ बैशाख देखि २०७५ असोजको बीच जन्म भई उक्त खोप लगाउन छुटेका ५ वर्ष ७ महिनादेखि ८ वर्षसम्मका बालबालिकालाई मात्र लगाउने कार्यक्रम रहेको बताउनुभयो । उहाँले २०७३ बैशाख देखि २०७५ असोजको बीचमा जन्म भएका बालबिालकालाई उक्त खोप लगाउन छुटेकाले आई. पि.भी खोप अभियान २०८१ संचालन गर्न लागिएको स्पष्ट पार्नुभयो ।

विश्वमा पोलियो रोग उन्मुलनको क्रममा रहेपनि पाकिस्तान र आफगानिस्तानमा मात्र पोलियोका विरामीहरु देखापरेकाले विभिन्न देशका मानिसहरु दुवै देशमा आवत जावत गर्न सक्ने भएकाले सम्भावित जोखिम र संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नेपालमा खोप लिन छुटेका बालबालिकालाई आई. पि.भी खोप लगाउन लागिएको उहाँको भनाई थियो । ती दुवै देशमा पोलियोको संक्रमण नरोकिएसम्म विश्वका अन्य देशहरुमा पनि जोखिम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पोलियो खोपको कभरेज कम भएको देश र स्थानका बालबालिकालाई खोप लगाईने छ ।
कुनै निश्चित उपचार नभएकाले पोलियो भाइरसबाट संक्रमण भएका व्यक्तिलाई पक्षघात हुन सक्ने र मृत्यु समेत हुने सक्ने जोखिम भएकाले यो रोग विरुद्धको खोप लगाउनु नै पोलियो रोगबाट बच्न सक्ने सबैभन्दा उत्तम उपाय रहेको स्वास्थ्य विज्ञहरु बताउँँछन् ।
पोलियो भाइरस विरुद्ध दुई प्रकारका खोप लगाउनुपर्ने मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार भण्डारीले बताउनुभयो ।


तीन प्रकारका रहेका पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्ने सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा रहेकाले नगरभरि उक्त खोप लगाउन बालबालिकालाई लक्षित गर्दे अभियान अन्तर्गत खोप लगाउन उहाँले सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । यसपालीको खोप अभियान विद्यालय केन्द्रित भएपनि खोप लिन छुटेका बालबालिकाका लागि वडाका स्थास्थ्य चौकीमा एकदिन खोप लगाईने कार्यक्रम राखिएको जानकारी दिनुभयो ।

मिथिला नगरपालिका पूर्ण खोप घोषणा भईसकेकाले नयाँ जन्मिदैँ गरेको बालबालिकालाई खोप तालिका अनुसार समयमै खोप दिएर यसको दिगोपना कायम राख्नुपर्ने र तथ्यांक अपडेट राख्नुपर्नेमा जनप्रतिनिधीहरुले जोड दिनुभयो । सो अभिमुखिकरणमा मिथिला नगरपालिका जनप्रनिनिधी र स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

मिथिला नगरपालिकामा लगाइएको ताला सहमति पश्चात खोलियो

मिथिला नगरपालिकाका नगर प्रमुख र उप प्रमुखबीचकाे विवाद फेरि सतहमा

भर्खरै

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

धनुषामा गलेकाे अवस्था एक महिलाकाे शव फेला

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

मिथिला नगरपालिकामा अपाङ्गता पैरवी समूहको संयोजकमा पुनः दिपिका चयन

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

सालकाे काठसहित धनुषामा तीनजना पक्राउ

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

मानव अधिकारमूखी पद्धतिको अवधारणा तालिम सम्पन्न

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

ढल्केवरमा सहिद मुंगालाल–मोहन महतोको शालिक अनावरण तथा स्मृति भवन उद्घाटन

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

सहकारीका वर्तमान समस्या समाधान सम्बन्धि प्रादेशिक गोष्ठी सम्पन्न

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन् ।

हाम्रो बारेमा

मिथिला सागर मिडिया प्रा.लि द्धारा संचालित
स्वागतम् खबर डटकम अनलाइन (https://swagatamkhabar.com)
ठेगाना : मिथिला नगरपालिका ६ ढल्केवर, धनुषा
शाखा कार्यालय : महेन्द्रनगर, धनुषा, प्रदेश २

दर्ता नं. २२९३९२/०७६/०७७ (कम्पनी रजिष्टारको कार्यालय)
फोन नम्बर: +977-9854025675
ईमेल: [email protected]

slot gacor
slot scatter hitam
https://lagunarestoran.id/

हाम्रो टीम

प्रबन्ध निर्देशक : राजेश महतो
सम्पादक : विनोद महतो
कम्प्यूटर अपरेटर /न्यूज डेस्क : कृष्ण कुमार सिंह
संवाददाता : मुकेश यादव (स्वामी), सिरहा
संजय सिंह, काठमाडौ
बजार प्रबन्धक : राम उदगार महतो
समाचारको लागि सम्पर्क नं. ९८०७६९६१४४/ ९८४४११३३१०/ ९८०४८३३६७५
विज्ञापनको लागि सम्पर्क ९८०४८७१६७२

फेसबुकमा हामी

  • रेडियो ढल्केवर ९१.३ मेगाहर्ज लाइभ
  • रेडियो स्वागतम् ८९ मेघाहर्ज लाइभ
  • Privacy Policy
  • Developed by: ProTech
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विज्ञान/प्राविधि
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा/स्वास्थ्य