स्वागतम खबर
ढल्केवर, जेठ ९ ।
धनुषाकाे मिथिला नगरपालिकास्थित ढल्केवर स्वास्थ्य चौकी बुधवार नि:शुल्क बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविरमा १५३ जना बालबालिका तथा किशोरकिशोरी तथा मानसिक राेगी सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
शिविरमा मानसिक स्वास्थ्यकर्मी, मनाेपरामर्श कर्ता, स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य सेवा प्रदान गरिएकाे मिथिला नगरपालिका स्वास्थ्य शाखाका निर्मल कुमार महताेले जानकारी दिनुभयाे ।
शिविरमा मिथिला बाल संजाल र बाल क्लवका बालबालिकाहरुले स्वयमसेवककाे रुपमा सहयाेग गरेकाे बाल संजालका अध्यक्ष दिपेश महताेले बताउनुभयाे ।
मिथिला नगरपालिकाकाे आयाेजना तथा युनिसेफ नेपालकाे सहयाेगमा संचालन गरिएकाे थियाे ।
दुईदिने शिविरकाे पहिलाे दिन बुधवार स्वास्थ्य चाैकी ढल्केवरमा आयाेजना गरिएकाे थियाे भने जेठ ११ गते शुक्रबार मिथिला नगरपालिकाकाे लालगढस्थित आदर्श माध्यमिक विद्यालयमा शिविर संचालन गरिने स्वास्थ्य शाखाले जनाएकाे छ ।