स्वागतम खबर
महेन्द्रनगर, जेठ १० ।
धनुषाकाे मिथिला नगरपालिका २ नक्टाझिजस्थित आशुतोष बहुउद्देश्यीय तथाघरेलु उद्योगले उत्पादन गरेकाे खाद्यवस्तु तथा परिकारहरुकाे प्रदर्शनी र उद्घाटन गरिएकाे छ । आशिका गिरीकाे अध्यक्षता तथा प्रदेशसभा सदस्य हरिनारायण महताेकाे प्रमुख आतिथ्यमा भएकाे साे प्रदर्शनीमा उद्योगद्वारा उत्पादित स्थानिय स्तरमा पाउने विभिन्न वस्तुकाे शाकाहारीकाे परिकार राखिएकाे थियाे ।
साे प्रदर्शनी तथा उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि महताेले आर्थिक मन्दीले ठुला उद्योग बन्द भईरहेकाले राेजगारीकाे अवसर नपाईरहेकाे अवस्थामा साना उद्योगलाई राेजगारसँग जाेड्नु पर्ने बताउनुभयाे । साना उद्योगकाे उत्पादनलाई बजारिकरण गर्नुपर्ने र ब्राण्डिग गर्नुपर्ने आवश्यक रहेकाे उहाँकाे भनाई थियाे ।
सांसद महताेले सीप सिकेर प्रयाेगमा ल्याउनुपर्छ, सीपलाई व्यवहारमा उतार्नु पर्छ भन्दै सीप भएपछि समान्य पुँजीमा आफ्नै घरमा साना उद्योग स्थापना गरेर व्यवसाय गर्न सकिनेमा जाेड दिनुभयाे।
प्रदर्शनीमा राखिएकाे वस्तु आज १० प्रतिशत छुटमा विक्री गरिएकाे उद्योगले जनाएकाे छ ।