स्वागतम खबर
ढल्केवर, जेठ १५ ।
पारिवारिक निजी वन संघ नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन मंगलबार धनुषाको लालगढमा सम्पन्न भएको छ । पारिवारिक निजी वन संघ नेपाल मधेशका अध्यक्ष रामकुमार महतोको अध्यक्षता तथा मधेश प्रदशका सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको छ ।
उत्थानशिल मधेश एक परिवार, एक पारिवारिक निजी वन, समृद्व नेपाल हाम्रो अभियान मुल नाराका साथ स्थापित पारिवारिक निजी वन संघ नेपाल मधेश प्रदेशको सम्पन्न दोस्रो अधिवेशनको बन्द सत्रको निर्वाचन प्रक्रियाबाट फेरी पनि अध्यक्ष पदमा धनुषाका रामकुमार महतो चयन भएका छन् ।
महतोको अध्यक्षतामा चयन भएको १५ सदस्यीय समितिको उपाध्यक्षमा सर्लाहीका त्रिवेणी राय, सचिवमा सिरहाका रतिसन लामा, सह सचिवमा सप्तरीका सरस्वती कुमारी चौधरी, कोषाध्यक्षमा महोत्तरीका विमला भण्डारीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा पर्साबाट रंजित कार्की, बाराबाट शुभनारायण गुरुथारु, रौतहटबाट लक्ष्मी खड्का, सर्लाहीबाट भुतन निरौला, सुरेश राय, महोत्तरीबाट भोजराज भट्टराई, धनुषाबाट रमेश्वर साह, बेचनी देवी ठाकुर, सिरहाबाट प्रमिला कुमारी खंग र सप्तरीबाट हरिनारायण चौधरीलाई चयन गरिएको निर्वाचन कमिटी मण्डलका संयोजक बुद्धिप्रसाद उप्रेतीले जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा पारिवारिक निजी वन संघ नेपालका केन्द्रीय अध्यक्ष एंव अन्तर्राष्ट्रिय पारिवारिक निजी वन संघका बोर्ड डाइरेक्टर जोगराज गिरी, उपाध्यक्ष एंव मधेश प्रदेशका ईन्चार्ज बुद्धिप्रसाद उप्रेती, चुरे परियोजनाका प्रतिनिधी चुडामणि खतिवडा लगायत प्रदेश र जिल्लाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।