स्वागतम खबर
जनकपुरधाम, जेठ १९ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुरमा शनिवार एक कार्यक्रमका बीच होनहार तथा ग्रेजुएट महिलाहरुलाई सम्मान कर्यक्रम गरिएको छ । वडाअध्यक्ष मोदकुुमार महतोको अध्यक्षता तथा नगर प्रमुख सुखदेव यादवको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरिएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वुरपुरद्धारा आयोजित सो कार्यक्रममा वडाभरिका २२ जना होनहार तथा स्नातक तह उत्तिर्ण महिला र अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा जनप्रतिनिधी, वडाबासीहरुको समेत उपस्थिति रहेको थियो ।