स्वागतम खबर
ढल्केवर, जेठ ३१ ।
धनुषाको मिथिला नगरपालिकामा विहिवार नगरस्तरीय बाल संजाल पुर्नगठन गरिएको छ । मिथिला नगरपालिकाको आयोजनामा ढल्केवरमा भएको बालबालिकाहरुको वृहत भेलाले १९ सदस्यीय नगरस्तरीय बाल संजाल पुर्नगठन गरिएको छ ।
मिथिला नगरपालिका ७ को जनशक्ति बाल क्लवका सल्लाहकार आनन्द कुमार सिंहका अध्यक्षतामा पुर्नगठन गरिएको संजालको उपाध्यक्षमा मिथिला नगरपालिका ५ को बाल्य ज्ञान क्लवका रुपमा कुमारी महतो, सचिवमा मिथिला नगरपालिका १ का प्रदिप कुमार महतो, सह सचिवमा मिथिला नगरपालिका ३ का श्रीरामजानकी बाल क्लवका अध्यक्ष अस्मिता कुमारी महतो र कोषाध्यक्षमा मिथिला नगरपालिका ६ को लालली गुराँस बाल क्लवका अञ्जली साहलाई चयन गरिएको छ ।
यता बाल संजालका सदस्यहरुमा वडा नं. १ बाट चन्दन कुमार महतो, वडा नं. २ बाट धमेन्द्र कुमार महतो, राधिका महतो, वडा नं. ३ बाट ललित कुमार महतो, वडा नं. ५ बाट निर्सी शर्मा, वडा नं. ६ बाट टुनाराज सिंह, वडा नं. ७ बाट रंजना कुमारी महतो, वडा नं. बाट चाँदनी कुमारी महतो, वडा नं. ९ बाट रोशन कुमार महतो, राधिका महतो, वडा नं. १० बाट खुशी वि.क., परिना खड्का र अपाङ्गताबाट लोक कुमारी खत्रीलाई चयन गरिएको छ ।
मिथिला नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मिलन श्रीवास्तवको अध्यक्षता तथा उप मेयर सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको सो भेलामा वडा नं. ७ का वडाअध्यक्ष एंव मिथिला नगरपालिका प्रवक्ता रामबहादुर स्यांग्दनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।