स्वागतम खबर
ढल्केवर, असार १०।
मधेश प्रदेशस्थित धनुषाकाे मिथिला नगरपालिकाले साेमबार १४औं नगर अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक गरेकाे छ ।
मिथिला पालिकाले अगामीआर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित करिव ८० करोड ५७ लाख ७५ हजारकाे बजेट प्रस्तुत गरेको छ । साे नगर अधिवेशनमा नगर प्रमुख महेन्द्र महतोले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे भने नगर उप प्रमुख सुनितासिंह बुढाथोकीले चालु आर्थिक वर्षकाे खर्च विवरण र अगामी आर्थिक वर्षकाे अनुमानित बजेट प्रस्तुत गर्नुभयाे ।
सभामा नगर प्रमुख महताेले प्रस्तुत गर्नुभएकाे नीति तथा कार्यक्रममा सभाबाट आएकाे र छुटेकाे आवश्यक कार्यक्रम संसाेधन गर्ने सुझाव सहित बहुमतले पास गरेकाे छ । यस्तै उप प्रमुख बुढाथोकीले प्रस्तुत गर्नुभएकाे बजेट १४ औं नगरसभाकाे बहुमतले पारित गरेकाे छ ।
नगरसभामा पेश गरिएकाे अगामी वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण, पर्यटन एवं कृषि, गुणस्तरीय भाैतिक पुर्वाधार, गुणस्तरीय सेवा प्रवाह एवं सुशासनलाई प्राथमिकतामा राखिएकाे उप प्रमुख बुढाथाेकीले बताउनुभयाे ।
साे अधिवेशनमा मिथिला नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का अध्यक्ष रामबहादुर स्यांगदनले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।