स्वागतम खबर
महेन्द्रनगर, असार ११ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्वन परियोजना (प्रोयेल) काे उप परियोजना अन्तर्गत विदेशबाट फर्केका र जाने तयारीमा रहेका युवाहरुबीच अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्य सहित भएकाे अन्तरक्रियामा विदेशबाट फर्केर आएका र विदेश जाने तयारीमा रहेका युवाहरुलाई सहजीकरण गर्दै अनुभव आदानप्रदान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ ।
कार्यक्रम अन्तर्गत असार १० गते साेमबार क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ८ दिगम्वरपुर र असार ११ गते मंगलबार वडा नं. ९ औरहामा विदेशबाट फर्केका र पहिलाे चाेटी जाने तयारीमा रहेकाे करिव छ दर्जन युवाहरुबीच अन्तरक्रिया गरिएकाे आयाेजक दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका रामउदगार महताेले जानकारी दिनुभयाे ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको सहजीकरणमा क्षीरेश्वरनाथ नगरपालिकामा सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिताका लागि कार्य गर्दै आएकाे छ ।