धनवीर महताे
गौशाला, साउन १५ ।
महोत्तरीको निगौल गाई गौशालाको कार्यालयमा समाचार संकलन गएको समयमा राजधानी टुडे मिडियाका पत्रकार राजेश सिंहमाथि दुर्व्यवहार भएको छ । कार्यालयको वास्तविकता बुझनका लागि सभाहलमा आयोजना गरिएको एक कार्यक्रमकाबीच पत्रकार सिंहले समाचार प्रायोजनाका लागि भिडियो र फोटो खिचिरहेको समयमा दुर्व्यवहार भएको हो ।
राष्ट्रिय सहकारी बाेर्डका योजना फाँटकी अधिकृत कान्ति पाण्डेले फोटो र भिडियो कसको आदेशमा खिचिएको भन्दै नानाथरि कुरा गर्दै पत्रकार सिंहको हातबाट मोबाईल खोस्दै दुर्व्यवहार गरेकाे हो । निगौल गाई गौशालाको कार्यालयमा पालिएको गाईवस्तुलाई त्यहाँ कार्यरत कर्मचारीहरुले सहि तवरले रेखदेख अनि संरक्षण नगरेको भन्दै डाँकिएको सर्वदलीय अनि सर्वपक्षीय वैठकमा गोठालोहरुसँग प्रतिक्रिया लिईरहेको समयमा यस्तो घटना घटिएको हो ।
समाचार प्रयोजनका लागि पत्रकार सिंहले सो भिडियो लिईरहेको समयमा एकाएक आवेशमा आएकी अधिकृत पाण्डेले यस्तो दुव्र्यवहारमा आएको पत्रकार नागेन्द्र साहले बताए । कर्मचारी अनि राष्टिय सहकारी वोर्डको वास्तविकता तथ्य वाहिर आउन सक्ने अनि आफु अनुकुल कर्मचारीलाई दवाव दिएको रहस्य वाहिर आउने सक्ने डरले अधिकृत पाण्डेले यस्तो हर्कतमा उत्रिएको पत्रकार साहले जानकारी दिएका छन् ।
पत्रकार सिंह गौशाला नगर पत्रकार संजालका सह – सचिव तथा प्रेस मञ्च नेपालका प्रदेश कार्य समितिका सदस्य रहेका छन् ।