स्वागतम खबर
महेन्द्रनगर, साउन १६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्वन परियोजना (प्रोयेल) काे उप परियोजना अन्तर्गत मंगलवार विदेश जाने तयारीमा रहेका युवाहरुलाई वैदेशिक राेजगार र कानुनी प्रावधान सम्बन्धि एकदिन तालिम अभिमुखिकरण तालिम दिएकाे छ । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उदेश्य सहित भएकाे अभिमुखिकरण तालिममा वैदेशिक राेजगारीमा जाने तयारीमा रहेका युवाहरुलाई अभिमुखिकरण गरिएकाे आयाेजक संस्था दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रले जनाएकाे छ ।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ काे कार्यालय पकडियामा बुधवार आयाेजना गरिएकाे साे अभिमुखिकरण तालिममा दुई दर्जन भन्दा बढी विदेश जाने तयारीमा रहेका युवाहरुकाे सहभागिता रहेकाे संस्थाले जनाएकाे छ । वडा अध्यक्ष अमर किशाेर सिंहकाे प्रमुख आतिथ्यमा भएकाे साे अभिमुखिकरण तालिममा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १,२,३, ४ काे युवाहरुकाे सहभागिता रहेकाे संस्थाका काेषाध्यक्ष राम उदगार महताेले जानकारी दिनुभयाे ।
यता साेहि अभिमुखिकरण तालिम अन्तर्गत साउन १४ गते साेमबार क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ७ दुर्गाटाेलमा सम्पन्न भएकाे तालिममा करिव तीन दर्जन युवाहरुकाे सहभागिता रहेकाे थियाे । संस्थाका अध्यक्ष रामसिठ महताेकाे अध्यक्षता तथा वडा नं. ७ का वडाअध्यक्ष माे. माेवारक कवाडीकाे प्रमुख आतिथ्यमा भएकाे साे अभिमुखिकरणमा वडा नं. ५, ६,७, ८ र ९ का विदेश जाने तयारीमा रहेका युवाहरुकाे उपस्थिति रहेकाे काेषाध्यक्ष महताेले बताउनुभयाे ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको सहजीकरणमा क्षीरेश्वरनाथ नगरपालिकामा सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिताका लागि कार्य गर्दै आएकाे छ ।