स्वागतम खबर
महेन्द्रनगर, साउन २४ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बुधवार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको आयोजनामा बुधवार भएको आँखा शिविरमा ३२ जनाको आँखा जााच गरिएको छ ।
महेन्द्रनगरस्थित आँखा तथा कान उपचार केन्द्रमा भएको सो शिविरमा आँखा जाँच गराएका ३२ जनामध्ये १२ जनामा मोतियाविन्दु रोग फेला परेको छ । यस्तै ३ जना जलविन्दु र मासु पलाको २ जना रोगी भेटेका छन् । मोतिविन्दु रोग फेला परेकाहरुलाई सगरमाथा चौधरी आँखा अस्पताल लहानमा निःशुल्क अप्रेशन गरिने जनाएको छ ।
मधुमेह तथा गुलुकोमा रोगीहरुलाई लक्षित गरी सो आँखा शिविर संचालन गरिएको स्थानीय आयोजक आँखा तथा कान उपचार केन्द्र महेन्द्रनगरका नेत्र सहायक पुजा चौधरी जानकारी दिनुभयो ।