स्वागतम खबर
महेन्द्रनगर,साउन २६ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा संचालित स्थानिय शासन प्रक्रियामा युवा संलग्नता प्रबर्द्वन परियोजना (प्रोयेल) काे उप परियोजना अन्तर्गत शनिवार सराेकारबलाहरुबीच सुरक्षित वैदेशिक राेजगार सम्बन्धि पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । आयाेजक संस्था दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका अध्यक्ष रामसिठ महताेकाे अध्यक्षता तथा क्षीरेश्वरनाथ नगरपालिका ८ का वडाअध्यक्ष माेदकुमार महताेकाे प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम भएकाे छ । वैदेशिक रोजगारीकाे अवस्था, समस्या र यसलाई सुरक्षित बनाउने उदेश्य सहित भएकाे साे अन्तरक्रियामा क्षीरेश्वरनाथ नगरपालिकाका सराेकारबलाहरुकाे उपस्थिति रहेकाे थियाे ।
अन्तरक्रियामा उप परियाेजना अन्तर्गत हालसम्म भएकाे कार्यक्रम प्रगतिकाे बारेमा समेत जानकारी गराइएकाे आयाेजक दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका रामउदगार महताेले जानकारी दिनुभयाे ।
युरोपियन युनियन, हेल्भेटास नेपाल संगको वित्तिय सहकार्य तथा सहयोगी समाज नेपाल र दर्पन सामुदायिक सूचना तथा संचार केन्द्र धनुषाको सहजीकरणमा क्षीरेश्वरनाथ नगरपालिकामा सुरक्षित वैदेशिक राेजगारीमा युवा सहभागिताका लागि कार्य गर्दै आएकाे छ । साे उप परियाेजना अब अन्तिम चरणमा रहेकाे संस्थाले जनाएकाे छ ।