स्वागतम खबर
महेन्द्रनगर, साउन २८ ।
अन्तर्राष्ट्रिय युवा दिवसकाे अवसरमा धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित क्षीरेश्वर मा.वि. साेमबार लागु औषध विरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
युराेपियन युनियन र हेल्वेटास नेपालकाे सहयाेग तथा सहयाेगी समाज नेपाल सर्लाहीको सहजीकरण एंव नगरस्तरीय युथ प्यानलकाे आयाेजना लागु औषध विरुद्व अन्तरक्रिया गरिएकाे हाे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक साेनकुमार साहले सहजीकरण गर्दै लागु औषध विरुद्ध समाज स्तरबाटै जनचेतना पर्ने बताउनुभयाे । उहाँले यसका लागि प्रहरीले गर्दै आएकाे कामकारबाही बारे जानकारी समेत गराउनुभयाे ।
कार्यक्रममा सहयाेगी समाजका निरमा चाैधरी, युथ प्यानलका पदाधिकारी, विद्यार्थी, दर्पन सामुदायिक सुचना तथा संचार केन्द्रका राजेश महताे लगायतकाे उपस्थिति रहेकाे थियाे ।