स्वागतम खबर
महेन्द्रनगर, साउन २९।
धनुषाकाे क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर निवासी नेपाली कांग्रेसका क्रियाशिल सदस्य रामस्वार्थ महताेकाे गएराति निधन भएकाे छ । लामाे समयदेखि विरामी रहेका ५२ वर्षीय महताेकाे उपचारकाे क्रममा काठमाडौंमा साेमबार राति निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । लिभर र किड्नीका विरामी भई उपचार गराई रहेका महताे केही दिन अघि काठमाडौंबाट घर फर्केका थिए । घरमै बस्दा साेमबार अचानक अवस्था गम्भीर हुन थालेपछि जनकपुर लगिएकाे र त्यहाँ उपचार सम्भव नभएपछि राति नै काठमाडौं लगिएकाे थियाे ।
यता महताेकाे पार्थिव शरीरलाई मंगलबार दिगम्वपुरमै अन्तिम श्रद्धाञ्जली पछि संस्कार गरिएकाे पारिवारिक सदस्य राजेश महताेले जानकारी दिनुभयाे । महताेकाे पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका जिल्ला सभापति तथा पुर्व नगर प्रमुख याेगेन्द्र पजियार, वडाअध्यक्ष, स्थानीय राजनीतिकर्मी, गाउँबासी, समाजसेवी घरमा पुगेकाे थियाे ।