स्वागतम खबर
महेन्द्रनगर, भदाै २५।
धनुषामा माेटरसाइकलकाे ठक्करबाट आज विहान एक बालिकाकाे ज्यान गएकाे छ । धनुषाकाे क्षीरेश्वरनाथ नगरवालिका ७ महादेवमठ जाने बाटाेमा माेटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेकी स्थानीय एक बालिकाकाे ज्यान गएकाे छ । महेन्द्रनगरबाट धनुषाधाम तर्फ गईरहेकाे ज.५.प ५८८८ नमबरकाे टु ट्वान्टी पल्सर माेटरसाइकलले ठक्कर दिँदा विद्यालयबाट घर फर्किरहेका क्षीरेश्वरनाथ नगरपालिका-७ महादेवमठ टोल बस्ने रिता यादवकी ७ वर्षीया छोरी रचना यादवकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ।
आज बिहान साढे ९ बजेतिर दुर्गाटोलकै दुर्गा तुलसी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिई घर फर्किरहेकी रचनालाई मिथिला विहारी नगरपालिका ९ बस्ने माेटरसाइकल चालक २६ वर्षीय सुरेश कुमार पासवानले मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यता घटना लगतै फरार भएका ठक्कर दिने मोटरसाइकलसहित चालक पासवानलाई प्रहरीले माेटरसाइकल सहित नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिनुभयाे । माेटरसाइकल भने धनुषाधामकाे यमहा शाे रुमबाट बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।